मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विजयी बनेपछि विद्याले भनिन्- जनताको आशा र भरोसा टुट्न दिन्न

विजयी बनेपछि विद्याले भनिन्- जनताको आशा र भरोसा टुट्न दिन्न


पोखरा । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा उम्मेदवार विद्या भट्टराईले जनताले आफूमाथि गरेको आशा र भरोसालाई टुट्न नदिइने बताएकी छन् । 
 
उपनिर्वाचन परिणामपछि विजयको प्रमाणपत्र ग्रहण गरेपछि पत्रकारसँग कुरा गर्दै उनले जनताले उत्साहका साथ मतदान गरेर जिताएकाले अबको बाँकी समय तिनकै सेवक भएर बिताउने प्रतिबद्धता जनाइन् । 
 
उनले भनिन्, “राजनीतिमा अझै पनि धेरै चुनौती छन्, राजनीतिक संस्कारको अभााव छ । युवामा राजनीतिप्रतिको विश्वास गुमेको छ, अबको राजनीतिले नयाँ पुस्ताको रुचिलाई सम्बोधन गर्न सक्नुपर्छ, जनताको चाहनालाई सुनुवाइ गर्नुपर्छ ।”
 
उपनिर्वाचनमा मतदाताले समुद्ध नेपाल सुखी नेपालीका अभियानकर्मी आफ्ना जीवनसाथी रवीन्द्र अधिकारीप्रति सम्मान गरेको बताइन् ।  
 
अनेरास्ववियुको सचिवसम्म रहेकी भट्टराईले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले आफूलाई बधाई दिएर देखाएको राजनीतिक संस्कारप्रति धन्यवाद दिइन् ।
 
नेकपाका नेता तथा भट्टराईका पति तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गतवर्ष फागुन १५ गते हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि पुनः निर्वाचन भएको थियो ।
 
कास्कीमा क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५६३ मत खसेको थियो । भट्टराईले २४ हजार ३९४ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेका थिए । आठ हजार ४०३ को मतान्तरले भट्टराईले चुनाव जितेकी हुन् ।