मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उपनिर्वाचनमा सत्तारुढ नेकपाकै वढ्त

उपनिर्वाचनमा सत्तारुढ नेकपाकै वढ्त


हिमालयखवर संवाददाता
पोखरा- विभिन्न तहमा शनिवार भएको उपनिर्वाचनको नतिजा आउने क्रम शुरु भएको छ । प्रारम्भिक नतिजाले सत्तारुढ पार्टी नेकपाले नै अग्रता लिएको छ । हालसम्म वडा अध्यक्षका लागि भएको निर्वाचनका नतिजा सार्वजनिक भएका छन् । निर्वाचन भएको मध्ये आधा जतिवडाको नतिजा सार्वजनिक भईसकेको छ । यस मध्ये अधिकांश स्थानमा नेकपाका उम्मेदवारले जितेका छन् । नेपाली कांग्रेसले केही ठाउंमा पुरानो स्थान पनि गुमाएको  छ ।
 
नेकपाले झण्डै साढे एक दर्जन वडामा आफ्नो विजयी झण्डा गाडेको छ ।
 
यसले कांग्रेस प्रति आम नागरिकको मन अझै नर्फिएको देखाएको छ । यद्यपी कास्की २, बाग्लुगं लगायतका स्थानमा भएको केन्द्र , प्रदेश सांसद, नगरप्रमुख र उपप्रमुखको नतिजा आउन बांकी छ ।
 
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनवाट मात्र नेपाली कांग्रेसका लागि सुखद खवर आएको छ । त्यहां भएको तीनै वडामा कांग्रेसले जितेको  छ । तर, पहिले कांग्रेसले जितेका केही वडा यस पटक नेकपाले हात पारेको छ । समाजवादी पार्टीले पनि तराईका दुई वडामा नतिजा आफ्नो पक्षमा पारेको छ । यो पनि कांग्रेसका लागि चिन्ताको विषय हो । 
 
कास्की २ को नतिजा अहिले मुख्य चासोको विषय हो । अधिकांश महानगरपालिकाका वडा रहेको यस क्षेत्रमा आउने नतिजाले नेकपा र कांग्रेस दुवैका लागि निकै महत्व राख्छ । यहां पुन कांग्रेस पराजित भयो भने अवको आम निर्वाचन अघि नै प्रतिपक्ष्ँी पार्टी कांग्रेस भित्र व्यापक सुधारको खाचो रहेको पुष्टि गर्छ । करिव ४६ हजार मत खसेको कास्कीमा राती अवेरसम्म मतगणना शुरु भएकै थिएन । देशका कुल ७७ मध्ये ३७ जिल्लामा विभिन्न तहमा उपनिर्वाचन भएको थियो ।