मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अनिल केसीको प्रस्तुतीमा “मेरो मन” म्यूज़िक भिडियो आफ्नोमन च्यानलबाट सार्वजनिक

अनिल केसीको प्रस्तुतीमा “मेरो मन” म्यूज़िक भिडियो आफ्नोमन च्यानलबाट सार्वजनिक


आफ्नो मन यूट्यूब च्यानल  बाट भरखरै मेरो मन बोलको गितको म्यूज़िक भिडियो रिलिज गरिएकोछ । सर्वोत्कृष्ट "लोभी आँखा"पछिको म्यूज़िक भिडियो अनिल केसीको प्रस्तुति रहेको यो म्यूज़िक भिडियोमा लोक गीतका सम्राट मानिने राजु परियार र नया गाइका गरिमा बिरहिको आवाज सुन्न सकिन्छ भने शब्द कृष्ण केसी संगित गणेश गुरुङ् निर्देशन मौसम हिमाली को रहेको छ भने अभिनय आमेश भण्डारी र आशिस्मा नहर्की को रहेको छ। 
 
हालसम्म आधा दर्जन भन्दा बढ़ि म्यूज़िक भिडियो प्रस्तुत गर्न सफल संगीत प्रेमी अनिल के सी लगायतका यस टिमले आफ्नो मन यूट्यूब च्यानल मार्फ़त अत्यन्तै मार्मिक तथा उत्कृष्ट गितहरुको म्यूज़िक भिडियोहरु निर्माण गर्दै आईरहेको छ ।
 
दुई दशक लामो समय देखि नेपाली संगीत छेत्रमा क्रियाशील यो टिमको उत्कृष्ट साँगेतीक कोशेलीहरु "आफ्नो मन् आफै सँग ढाटन नमिल्ने दुखे पछि अरु सँग साट्न नमिल्ने" "लुकीछिपी चुपचाप के माया लगाउनु" "नजाऊ टाढा तिमीलाई मेरो माया भयो झन् गाढा" कस्ले सुरुवात गर्यो होला यो माया भन्ने चिज"के ल्यायेउर जन्मदा के लैजान्छौ मरी जादा"माया गर्छेउ हो मनै मनमा"लोभी आँखा" चाइनाको  रेल"मिठो बोलि" च्याप्प समाउदै"सरर बग्ने हावा हुदै "मेरो मन्"सम्म आइ पुग्दा चार दर्जन माथि साँगितिक कोशेली नेपाली संगीत क्षेत्रमा  पस्की सकेको छ |
 
आफ्नो मन्"मन भित्र"अपुरो मन्"गरि तिन ओटा म्युजिक एल्बम  पनि पस्किसकेको छ | स्वर्गिय  गायक  फत्तेमान राजभण्डारीको जिबन कालको एउटा मात्रै एकल एल्बम गर्ने अवसर पनि आफ्नो मन्  टिम सँग छ |
 
फत्तेमान राजभण्डारी, रामकृष्ण ढकाल अन्जु पन्त दुवै नयाँ तथा पुराना गायक गायिकाहरु संग काम गरेको अनुभब छ यो टिमसँग नेपाली सागीतिक क्षेत्रमा आफ्नै युट्युव च्यानल “आफ्नो  मन” मार्फ़त उत्कृष्ट गीतहरु निरन्तर पस्कदै आईरहेको छ।