मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

म नालायक नागरिक नेपाल देशको

म नालायक नागरिक नेपाल देशको


जिउँदा भनिने मरेकाहरुले शासन गरि रहेछन
म मुर्दा भएर तमासा हेरी रहेछु
न म स्वयम् अनुशासित रहन सके, नत सिकाउँन नै सके
नत नेता बन्नै सकेँ, नत असल नेता चुन्नै सके
म नालायक नागरिक नेपाल देशको ।
 
पीडकलाइ न्यायाधीश बनाइ देशको जिम्मा दिएको छु
कहिले सकिन बुझ्न मैले मेरो नागरिक सर्बोच्चता न बुझाउन सके
बनेर नव–कमैया नव–राजा हरुको झोला बोकी रमाई रहने
नत आफु बन्न सके नत देश बनाउन सकेँ
म नालायक नागरिक नेपाल देशको ।
 
भोको छु म (बुद्धिजीवी )म्याम्या गर्छु
अलिकति मह चटाई दिन्छन पीडकहरुले
आभारी भै मस्त सङ्ग गुनगान गाइ सुति दिन्छु
म नालायक नागरिक नेपाल देशको ।
 
बिबेकलाइ बन्धकी राख्छु आफ्नो लागि राष्ट्र पनि भुली दिन्छु
चिरहरण भएको छ मातृ भूमिको म ताली पिट्दै रमिते बनेर बस्छु
अश्लिलता अब मेरो शालिनता बन्यो
भ्रष्टाचार मेरो सदाचार बनेको छ अनि बाँच्ने आधार
चित्कार सुनेर हाँस्ने गरेको छु मानवीयता लाग्छ बेकार
म नालायक नागरिक नेपाल देशको ।
 
साक्षी बसेको छु गिद्ध हरुले मातृभूमिलाइ सिनो बनाइ लुछेको
त्यागेर राष्ट्र प्रतिको जिम्मेवारी तमाम
भ्रम सुन्छु भ्रम किन्छु नाफा लिएर भ्रमको दलाली गर्छु
म नालायक नागरिक नेपाल देशको ।
 
पीडकहरुको विजयोत्सव मनाइ रहेछु
गाइ दिन्छु म त गीत हज्जार
मुल्यहीन बनाइ आफ्नै नागरिक सर्बोच्चता
आफु बिष पिएर नेता स्तुति गर्छु
म नालायक नागरिक नेपाल देशको
 
गर्व गर्छु सुनको कचौरा बोकेर परचक्रीसँग आँशु बगाई भिख माग्न
मातृभूमिलाइ नंग्याएर बिदेशी सङ्ग हास्दै तमासा देखाउने चटके हुँ म
सुम्पेर राष्ट्रको अस्तित्व स्रोत र साधन तमाम
परजीवी आडम्बरी हो मेरो अर्को नाम
म नालायक नागरिक नेपाल देशको