मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

राप्रपा अध्यक्ष थापा ड्यालस आउँदै

राप्रपा अध्यक्ष थापा ड्यालस आउँदै


ड्यालस (टेक्सस) – अमेरिका भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासँग आउँदो साता नेपाली समुदायले औपचारिक भेटघाट र अन्तरकृया गर्ने भएका छन् ।
 
गैर आवासीय नेपाली संघ अमेरिका, टेक्सस च्याप्टरको आयोजनामा आउँदो डिसेम्बर २ तारिक सोमबार साँझ ६:०० बजेदेखि ड्यालसमा अन्तरकृया राखिएको छ । युलेसको फिस्टेल रेस्टुँरामा थापासँग प्रवासका नेपाली, नेपाली समुदायले मातृभूमिका लागि पु¥याउन सक्ने योगदान र नेपाली नागरिकताको निरन्तरता लगायत विषयमा छलफल केन्द्रित रहने एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्यालले जानकारी दिए । 
 
थापा राप्रपाका अध्यक्षका अतिरिक्त पूर्ब उपप्रधानमन्त्री समेत हुन् । २०६२/६३ को जनआन्दोलनताका गृहमन्त्री रहेका थापा निकै चर्चित पनि छन् । पञ्चायतकाल, बहुदलीय व्यबस्था, गणतन्त्र सबै व्यबस्थामा उनी मन्त्री भैसकेका छन् । थापा तत्कालिन राजतन्त्रका कट्टर समर्थक हुन् । 
 
नेपालबाट आउने नेताहरु पाहुना भएकोले सबै नेपालीले स्वागत गर्ने र उहाँहरुको धारणा सुन्ने ध्येयले यस्ता खालका कार्यक्रमहरु गरिदै आएको अध्यक्ष अर्यालले बताए । ‘राजनीति, आस्थाभन्दा माथि उक्लेर सबै नेपालीहरु उपस्थित भएर आफ्ना कुराहरु राख्न म विशेष अनुरोध गर्दछु,’ अर्यालले भने । डिसेम्बर २ तारिक साँझ ६ बजे कार्यक्रम राखिएको छ । 
 
राप्रपा निकट प्रवासीहरुको संस्था ‘पानस अमेरिका’ को अधिवेशनका सिलसिलामा प्रमुख अतिथिका रुपमा थापा अमेरिका आएका हुन् । आउदो डिसेम्बर १ तारिक मेरिल्यण्डको बाल्टिमोरमा पानस अमेरिकाको अधिवेशन हुँदैछ । यो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम समेत रहेको पानसका महासचिव दिपु भुसालले जानकारी दिए ।