मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अर्घाखाँची बस दुर्घटनामा ज्यान गुमाउने १९ जनाको सनाखत, १८ घाइतेको विभिन्न ठाउँमा उपचार

अर्घाखाँची बस दुर्घटनामा ज्यान गुमाउने १९ जनाको सनाखत, १८ घाइतेको विभिन्न ठाउँमा उपचार


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ र घाइतेको संख्या १८ पुगेको छ । 
 
दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये एकको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एकको चौराह अस्पताल बुटवलमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।  
 
सन्धिखर्कबाट बुटबलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा १८ घाइते भएकामध्ये भैरहवामा सात जनाको र नौ जनाको बुटवलमा उपचार भइरहेको छ । उपचारपछि दुई जना घर फर्किएका छन् ।
 
दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । 
 
ज्यान गुमाउनेमा सन्धिखर्क–७ डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकै ५४ वर्षीय बलराम भट्टराई,  सात वर्षीया मोनिका खड्का, १८ वर्षीया माया पुरी, सन्धिखर्क–२ की ५९ वर्षीया सीताकुमारी नेपाली, भूमिकास्थान–१० का ५४ वर्षका छविलाल गैरे, भूमिकास्थान–९ की ५० वर्षीया  सीता घिमिरे, सोही ठाउँकै ५० वर्षीया विष्णुमाया गैरे, २२ वर्षीय शैलेश थापा, भूमिकास्थान–७ का ५१ वर्षीय मेघनाथ जैसी, सितगङ्गा नगरपालिका–१ की १४ वर्षीया मञ्जु विक, सितगङ्गा–७ कल्लेरीका ४८ वर्षीय लोकबहादुर दर्जी, सोही ठाउँकै हरिबहादुर दर्जी, सितगङ्गा–२ का ३८ वर्षीय सवारीधनी सन्तबहादुर बस्नेत, छत्रदेव गाउँपालिका–८ का ४२ वर्षीय कृष्णबहादुर सुनार, गुल्मी दाने घर भई भैरहवा गैडहा–७ बस्ने ३२ वर्षीय चालक वसन्त भनिने ओमबहादुर थापा, गुल्मी धुर्कोट गाउँपालिका–२ का सशस्त्र प्रहरी बल २७ नं गण रुपन्देहीमा कार्यरत प्रहरी जवान २७ वर्षीय राजकुमार महत, कपिलवस्तु वाणगङ्गाका तीनमहिने बालक शोभाखर पोखरेल र वाणगङ्गा–८ चपरगाउँकी २७ वर्षीया सीता बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । 
 
घाइतेको विभिन्न ठाउँमा उपचार 
 
बसमा सवार ३९ जनामध्ये २० जना घाइते भएका छन् । घाइते हुनेमा सन्धिखर्क–५ का ४२ वर्षीय  विष्णुबहादुर अधिकारी, सन्धिखर्ककै  ६० वर्षीय निमबहादुर विक, सन्धिखर्क–६ का तीन वर्षीय रिजन कुँवर, खाँचीकोटका एक वर्षीय गणेश पुरी, सन्धिखर्क–६ की २३ वर्षीया सपना कुँवर, सन्धिखर्क–२ की अमृता पौडेल भट्टराई रहेका छन् । 
 
यस्तै पाणिनी गाउँपालिका–७ का ३५ वर्षीय विष्णु विक, भूमिकास्थान–९ का २५ वर्षीय जीवन विक, सन्धिखर्क–५ वाङलाका ३७ वर्षीय हुमबहादुर अधिकारी, सन्धिखर्क–८ का ३२ वर्षीय कमल मुखिया, सन्धिखर्क–४ की २३ वर्षीया सरस्वती भट्टराई, सन्धिखर्क–४ कै १५ वर्षीय अङ्कित थापा, कपिलवस्तु वाणगङ्गाकी २४ वर्षीया विमला पोखरेल, तीन वर्षीय स्पर्श पोखरेल, सन्धिखर्क–१ की तीन वर्षीया एन्जिला भट्टराई, छत्रदेव–७ का १९ वर्षीय लोकनाथ पाण्डे घाइते भएका छन् । 
 
गम्भीर घाइतेमध्ये अधिकांशको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ भने सामान्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।