मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उपनिर्वाचनबाट दुई तिहाइ सरकारको मूल्यांकन : डा महत

उपनिर्वाचनबाट दुई तिहाइ सरकारको मूल्यांकन : डा महत


भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेसले नेकपा नेतृत्व दुई तिहाइ सरकारको मूल्यांकनका रूपमा उपनिर्वाचनलाई लिएको बताएका छन् ।
 
यही मंसिर १४ गते हुने भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ (क) को उपनिर्वाचनको संघारमा आज नेपाली कांग्रेसले चाँगुनारायण नगरपालिकाको लप्टन डाँडामा आयोजना गरेको अन्तिम चुनावीसभामा उनले सरकारबाट जनता निराश भएको भन्दै निराश जनताले कांग्रेसलाई फेरि रोज्ने बेला आएको बताए ।
 
देशको विकासको जिम्मेवारी कांग्रेसले मात्रै पूरा गर्न सक्ने भन्दै उनले उपनिर्वाचनको नतिजा कांग्रेसको पोल्टामा ल्याएर विजय सुनिश्चित गर्न मतदातालाई आग्रह गरे ।
 
कार्यक्रममा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले जनताले नेकपाप्रति विश्वास गुमाइसकेको जिकिर गर्दै कांग्रेस एक ढिक्का भएर अगाडि बढे कांग्रेसको जित सुनिश्चित रहेको बताए । कांग्रेसलाई निष्पक्ष उपनिर्वाचन सम्पन्न गर्ने कार्यमा लाग्न पनि आग्रह गरे ।
 
त्यस अवसरमा राप्रपा संयुक्तका केन्द्रीय सदस्यद्वय दिनेश श्रेष्ठ, रवीन्द्रप्रताप शाहले राप्रपाको सबै मत कांग्रेसलाई दिने भएकाले यसपटकको उपनिर्वाचनमा कांग्रेसले निर्धक्कसँग जित सुनिश्चित गर्ने बताए । विकासमा दुवै दलसँगै लाग्ने पनि उनले बताए ।
 
कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, कांग्रेस जिल्ला सभापति दुर्लभ थापा, क्षेत्रीय सभापति जीवन खत्री, उम्मेदवार कृष्णलाल भँडेललगायतले अरुले दिएको लोभ प्रलोभन र विकासे नारालाई विश्वास नगरी कांग्रेसको विकासको लक्ष्यलाई विश्वास गर्दै मतदान गर्न आग्रह गरे ।