मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारको शैली बदल्न काँग्रेसले जित्नुपर्छ : गगन थापा

सरकारको शैली बदल्न काँग्रेसले जित्नुपर्छ : गगन थापा


चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारको शैली बदल्न नेपाली काँग्रेसले निर्वाचन जित्नुपर्ने बताएका छन् । 
 
नेपाली काँग्रेस भरतपुर महानगरपालिका–१६ को चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावीसभामा बुधबार उनले शैली बदल्दै सरकारलाई सन्देश दिनका लागि उपनिर्वाचन काँग्रेसले जित्नुपर्ने बताएका हुन् ।
 
नेता थापाले शक्तिशाली रूपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षको अवधिमा जनचाहनाअनुसार काम गर्न नसकेको आरोप लगाए । उनले भने “सरकारले काम गर्न सकेको छैन । तपाईंहरुले यस निर्वाचनमार्फत सन्देश पठाउन जरुरी रहेको छ ।” नेता थापाले केपी ओलीको सरकार अनुकूल समयमा भएको भए पनि काम गर्न नसक्दा जनता निरास भएको बताए । 
 
सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफ्नो समर्थन नेपाली काँग्रेसका उम्मेदवारलाई रहेको घोषणा गरेको थियो । संयुक्तका तर्फबाट वडाध्यक्षका उम्मेदवार विष्णु त्रिपाठी र जिल्ला सचिव केशव भण्डारीले आफूहरुको समर्थन काँग्रेसको उम्मेदवारलाई भएको बताए ।
 
भण्डारीले जिल्ला समितिको निर्णयले भरतपुर महानगर–१६ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा पुरानो लोकतान्त्रिक गठबन्धनलाई सहयोग गरेको जानकारी गराएका थिए । 
 
सभालाई काँग्रेस केन्द्रीय सदस्य डिना सङ्ग्रौला, जिल्ला सभापति जीतनारायण श्रेष्ठ, नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार अमृत हमाललगायतले बोलेका थिए । कार्यक्रममा नेकपा परित्याग गरी १५० जना काँग्रेसमा प्रवेश गरेका थिए ।