मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

टिप्पर दुर्घटनामा चारको मृत्यु, १३ घाइते

टिप्पर दुर्घटनामा चारको मृत्यु, १३ घाइते


सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा आज साँझ टिप्पर पल्टिँदा चार जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । 
 
नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोवस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु४ख ३२६९ नं टिप्पर दुर्घटना भएको हो ।
 
दुर्घटनामा मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ निवासी हेप्का गाउँका तान्ज्योत लामा, छिरिङ लामा नोरी लामा रहेका छन् । टिप्पर सडकभन्दा करिब ३० मिटर तल खसेको छ ।
 
घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको र अधिकांशको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । 
 
टिप्पर चालक काभ्रे जिल्ला बुद्ध नगरपालिका–११ भालुखर्कका आनन्द तामाङ्गलाई स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको स्थानीयवासीले बताएका छन् ।
 
दुर्घटनामा के कति हताहत भए भन्ने अनुसन्धान र घाइतेहरुको उद्धारका लागि प्रहरी सहायक निरीक्षकसहितको १३ जनाको टोली घटनास्थलमा पुगेको छ ।
 
घाइतेको अवस्था बुझ्नको लागि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रीदल रावल अस्पतालमा पुगेका थिए ।