मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यालिफोर्नियाको युवाहरुबाट निर्मित वृतचित्र

क्यालिफोर्नियाको युवाहरुबाट निर्मित वृतचित्र


अमेरिका– हाल अमेरिका क्यालिफोर्निया लसएन्जल्सका युवाहरुको समुहले  “राईज अप" नामक वृतचित्र निर्माण गरेका छन् र यहि नोभेम्बर ३० देखि डिसेम्बर १ सम्म चौथो संस्करणको ग्लोबल नेपाली फिल्म अर्वाड कार्यक्रम संगै सन्फ्रान्सिस्को बर्कलि को यु सी थिएटरमा प्रदर्शनी हुन गईरहेको छ ।
 
यस ऐतिहासिक कार्यक्रम नेपाली चलचित्र समाज, गोल्डेन स्टेट मुभी मेकर, हिमालयन फाउन्डेसन कर्पोरेसन लगायत अन्य संस्थाहरूको संयुक्त आयोजनामा  नेपाली चलचित्र उद्योगका ख्याती प्राप्त बरिष्ठ कलाकारहरू लगायत युवाहरूका ढुक-ढुकी उदयमान नयाँ प्रतिभाशाली कलाकारहरुको साथमा  आफ्नै नाम, शान र पहिचान भन्ने नारा सहित आयोजना हुन गईरहेको अर्वाड नेपाली कलाकारहरु जमघट कुम्भमेलाको रुपमा हेरिएको छ । 
यस कार्यक्रममा नेपाल देखि अमेरिकामा रहेका कलाकारहरुको अभुतपुर्व जमघट हुदैछ ।
 
‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोबास गर्ने फिल्मकर्मी र नेपालबाट कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने हुनाले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा सहित नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक सस्थामध्येका यज्ञलाल श्रेष्ठ बताउनुहुन्छ।
 
यसै सन्दर्भमा नेपाली फ़िल्म अवार्ड-२०१९ को ऐतिहासिक क्षणमा “RISE UP” वृतचित्र को पनि प्रदर्शनी हुने भएको छ र यसमा मुख्य कलाकारहरुहरुमा युनिभर्सिटी अफ क्यालिफोर्निया लसएन्जल्समा अभिनय अध्ययनरत तथा मोडलिङका प्रशिक्षार्थी सन्देश थापा र नेपाली मुल्की क्यालिफोर्निया  Beverly Hills मा २ बर्षे अभिनय कोर्स पुरा गरि केही अन्तराष्ट्रीय विज्ञापनमा समेत अभिनय  कला प्रस्तुत गरिसकेकी दिब्ना थापाले अभिनय गरेकी छिन् !
जस्मा एस राज प्रोडक्शनका  (शंकर राज वाग्ले) र सन्जय कार्कीको छांयाकन रहेको छ भने  यस वृतचित्रमा शंकर राज वाग्ले ले निर्देशन गरेका हुन् ।
 
यस चलचित्रमा बर्नीन २०२० को फिल्ड अर्गानाईजर शुस्मिक लामाले संयोजन गरेकी छिन् र अन्य कलाकार हरु पेन्सिलभनिया निबासी क्रियाशील युवा साजन लामा, मिस नेपाल क्यालिफोर्नीया सेकेण्ड रनरअप अनिसा ओली, अशुतोष ओली, लसएन्जल्स निबासी केहि म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका युवा ब्यबसायी श्याम सेढाई,  सामाजिक क्षेत्रमा अत्यन्तै क्रियाशिल सामाजिक अभियान्त टेक वाईबा लामा ,साउथ एशियन नेटवर्क की सामाजिक कार्यकर्ता नुतन काफ्ले र सामाजिक अभियान्त विष्णु राउत र निरता कार्की र ईरानी कलाकार डोरीन टबिवियनको समेत अभिनय रहेको छ ।
 
यस वृतचित्रको कथाबस्तु सचारकर्मी डोल्मा लामाले लेखेकी हुन् बास्तविक जिवनमा घटिरहेका महिला  हिंसाका घटनाहरुलाई पर्दामा उतार्ने  तथा सामाजिक संजाल मार्फ़त जनचेतनाको विकास गराउने उध्येश्य रहेको छ ,यस समुहले अन्तराष्ट्रीय डायस्पोरामा  घटिरहेको बास्तविक घटनाक्रम तथा  विभिन्न हिसां, हत्या र  सामाजिक विकृतिसंग जोडिएका विषयहरु सम्बन्धित जनचेतनामुलक भिडियोहरु निर्माण गरीरहेका छन्  ।