मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कालापानीबाट भारतीय सुरक्षाबल फिर्ता हुनुपर्छ : काँग्रेस

कालापानीबाट भारतीय सुरक्षाबल फिर्ता हुनुपर्छ : काँग्रेस


काठमाडौँ । नेपाली काँग्रेसले नेपालका अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो देशको नक्सामा गाँसेर नक्सा सार्वजनिक गरेको सम्बन्धमा तत्काल परिणाममुखी कूटनीतिक र राजनीतिक पहल थाल्न नेपाल सरकारलाई पुनः आग्रह गरेको छ । 
 
प्रमुख प्रतिपक्षी दल काँग्रेसले आज एक विज्ञप्तिमार्फत कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि भएको दोहो¥याउँदै त्यहाँबाट भारतीय सुरक्षा बल फिर्ता हुनुपर्ने जनाएको हो । 
 
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा सो विषयमा कूटनीतिक र राजनीतिक पहल थाल्न सरकारलाई काँग्रेसको दृढ साथ रहने दोहो¥याइएको छ ।
 
सो विषयमा नेपाल सरकारले उच्च स्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकतासमेत निर्माण भएको अवस्थामा सरकारले गम्भीर कूटनीतिक पहल गरेको नसुनिएको र उच्चस्तरीय राजनीतिक संवादसमेत गरेको नदेखिएको काँग्रेसले आरोप लगाएको छ । 
 
“राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ भन्ने काँग्रेसको प्रस्ट मान्यता छ । त्यही मान्यताको जगमा संविधान निर्माणको ऐतिहासिक दायित्व पूरा गर्न काँग्रेसको नेतृत्वमा देशले सफलता हासिल ग¥यो । कालापानी प्रकरणमा परीक्षाको यही दायित्व पूरा गर्ने अभिभारा वर्तमान सरकारको काँधमा आइपुगेको छ ।”, विज्ञप्तिमा उल्लेख छ । 
 
काँग्रेसले सरकारलाई देशको वास्तविक नक्सा सार्वजनिक गर्न र गम्भीर कूटनीतिक पहलकदमी गर्न अलमल किन भनी प्रश्न गर्दै उच्चस्तरीय राजनैतिक संवादमार्फत परिणाम हासिल गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । 
 
‘सरकारले बाटो बिरायो’
 
नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकार बाटो बिराएकाले लोकतान्त्रिक पद्धतिमा ल्याउन आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् । पोखरा–२० भलाममा आज आयोजित चुनावीसभामा उनले अहिलेको राजनीतिक परिस्थितिको विश्लेषण गरेर मतदान गर्न आग्रह गरे । 
 
काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले अहिलेको उपनिर्वाचन सदाचार, विचार, न्याय र अन्याय तथा स्वतन्त्रता र निरङ्कुशता बीचको लडाइँ भएको बताए । 
 
मुलुकको समस्या समाधान गर्न सक्ने पार्टी काँग्रेसमात्र भएको भन्दै उहाँले काँग्रेस जनतासामु गरेका वाचा सधैँ पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । 
 
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकारले अनावश्यक सपनामात्रै बाँडेको आरोप लगाए । उनले खेमराज पौडेल चुनाव जितेर गएपछि संसदमा बोल्दै गर्दा कास्कीका नागरिक बोलेको आभास हुने बताए । 
 
उम्मेदवार पौडेलले जनताको अपेक्षामाथि ठेस पुग्न नदिने उल्लेख गर्दै अहिलेको चुनाव भनेको जनताको शक्ति देखाउने चुनाव भएको बताए । 
 
चुनावीसभामा केन्द्रीय सदस्य अर्जुन जोशी, धनराज गुरुङ, उमा रेग्मी, पूर्वसांसद शारदा पौडेल, सांसद विन्दा राना, गण्डकी प्रदेशसभा सदस्य तथा चुनावी कमान्डर विन्दुकुमार थापा र नेता शुक्रराज शर्मालगायतले आ–आफ्नो धारणा राखेका थिए ।