मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेपालमा ढुक्क भएर लगानी गर्न अमेरिकी लगानीकर्तालाई मुख्यमन्त्री गुरुङको आग्रह

नेपालमा ढुक्क भएर लगानी गर्न अमेरिकी लगानीकर्तालाई मुख्यमन्त्री गुरुङको आग्रह


अमेरिका । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले नेपालमा लगानी गरी आर्थिक फाइदा लिन अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । 
 
हाल अमेरिकाको भ्रमणमा रहेका मुख्यमन्त्री गुरुङले अमेरिकाको वासिङटन राज्यका गर्भनर जे इन्सुली संगको दुई पक्षीय भेटका क्रममा सो आग्रह गरेका हुन् ।  
 
दुई पक्षीय भेटमा मुख्यमन्त्री गुरुङले भौगोलिक रुपमा नेपाल विश्वका दुई ठूला अर्थतन्त्र चीन र भारतको बीचमा रहेकाले नेपालमा लगानी गरी प्रचूर आर्थिक फाइदा लिन आग्रह गरे । 
 
नेपालमा खास गरी पूर्वाधार निर्माण जलविद्युत, कृषि, स्वच्छ ऊर्जा, पर्यटन, जडिवुटी र वनस्पतिजस्ता क्षेत्रमा लगानीको प्रचूर संम्भावना रहेकाले नेपाल भ्रमण गरी ती सम्भावनाहरुलाई लगानीमा परिणत गर्न मुख्यमन्त्री गुरुङले अनुरोध गरे । 
 
प्रतिउत्तरमा वासिङटन राज्यका गर्भनर जे इन्सुलीले नेपाल भ्रमण गर्ने  तीव्र ईच्छा रहेको र नेपालका हिमालहरुको संरक्षणका लागी विभिन्न फोरमहरुमा आफुले कुरा उठाउने गरेको बताए । 
 
सो अवसरमा वासिङटन राज्यका लागि एसिया प्यासिफिक अमेरिकी मामिलाका कमिसनर मोहन गुरुङले नेपाल र अमेरिकाको वाशिङटन राज्य वीच व्यापार विस्तारको प्रशस्त सम्भावना रहेको बताए ।  
 
नेपाल र अमेरिकाको वासिङटन राज्यबीच व्यापार बिस्तारका लागि सन् २०२० सम्ममा संयुक्त व्यापार संरचना निर्माण गर्ने उघ्देश्यका साथ काम भैरहेको उनले बताए ।