मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

फ्रिस्को टेक्ससमा कार दुर्घटनामा परेर एक नेपालीको मृत्यु

फ्रिस्को टेक्ससमा कार दुर्घटनामा परेर एक नेपालीको मृत्यु


हिमालयखवर संवाददाता-
अमेरिका I टेक्सस ड्यालस फोर्टवर्थ महानगर क्षेत्रभित्र पर्ने फ्रिस्को सिटीमा कार दुर्घटनामा परी एक जना नेपालीको मृत्यु भएको छ ।
 
स्थानिय ड्यालसन्यूजका अनुसार मृत्यु हुनेमा ३० बर्षिय रवि श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठका वारेमा प्रहरीले थप जानकारी र अनुसन्धान गरिरहेको छ ।
 
फ्रिस्को प्रहरीका अनुसार मृतक श्रेष्ठको कार प्रिस्टन रोडको उत्तर र इल्डोराडो पार्कवे स्थित खोलामा खसेर उत्तानो परेको थियो । यो दुर्घटना अधिल्लो शुक्रवार राती भएको थियो । तर, मृतकका आफन्त नभेटिएकाले प्रहरीले विवरण सर्वजनिक गरेको थिएन । 
 
उक्त शुक्रवार करिव ११ बजे राती प्रहरीको आपतकालिन नम्बरमा दुर्घटनाको जानकारी आए लगत्तै प्रहरी उद्दारका लागि पुगेको थियो । त्यसवेला खोलामा कार उत्तानो परेको अवस्थामा भेटिएको थियो । भित्र मानिस देखेपछि प्रहरीले वाहिर निकालेर अस्पताल पुर्याएको थियो । अस्पतालले श्रेष्ठको मृत्यु भईसकेको घोषणा गरेको थियो । त्यस पछि मृतकको पहिचान खुलेको थियो । 
 
 
उक्त कारमा एक जना मात्र थिए । प्रहरीले यो दुर्घटनाका वारेमा केही जानकारी भए उपलव्ध गराउन अनुरोध गरेको छ ।
 
चितवन नारायणगढ घर भएका मृतक श्रेष्ठ २००८ जनवरीमा  विधार्थी भिसामा अमेरिका आएका थिए I  उनले बाल्टिमोरको मोर्गेन स्टेट युनिभर्सिटीबाट ब्याचलर ईन फाइनान्समा २०१३ डिसेम्बमा ग्रयाजुएट गरेका थिए I पूर्ण छात्राबृतीमा अमेरिका आएका उनि अनर्स ग्रयाजुएट थिए I उनि आईटी कम्पनिमा कार्यरत थिए I