प्रवास

लसएन्जलसमा निःशुल्क स्वास्थ्य परीक्षण हुदै

197 पटक पढिएको

- हिमालयखबर संबाददादा | 22nd Nov 2019, Friday | २०७६ मंसिर ६, शुक्रबार ०७:२३
लसएन्जलस (अमेरिका)- सोसाईटी अफ् अमेरिकन नर्सेस र अनिकेंनट कामिनीटि सेन्टरका डा.नितिन शाह, रितेश पराजुलीको सहकार्यतामा आगामी डिसेम्बर १५ तारिख आइतबारको दिन बिहान ९:०० बजेदेखी दिउसोको १:०० बजेसम्म लसएन्जल्समा बसोबास गर्ने  सबैमा  स्वास्थ्य सेवाको लागि  निःशुल्क स्वास्थ्य  परीक्षण साथै सि पि आर तालिम समेतआयोजना गरिएको छ ।
 
लसएन्जल्स वरिपरीका स्वास्थ्य कर्मीहरू साथै सम्पूर्ण सामुदायिक सदस्यहरू, पत्रकारहरू ,स्वयंसेवक र विभिन्न सहयोगी व्यक्तित्वहरूलाई  उक्त शिविर अत्यन्तै प्रभावकारीमुलक ढंगले सम्पन्न गराउन अनुरोध गर्दै यस शिविरमा जेनेरल चेक अप , दाँत तथा आँखा सम्बन्धिको पनि शिक्षा दिने जानकारी सानका अध्यक्ष टिका ऑदेम्बेले हिमालय खबरलाई बताएकी छिन् ।
 
लसएन्जल्सबासी नेपालीहरूको पशुपतिनाथ बुद्ध मन्दिरमा हुन गइरहेको यस निःशुल्क स्वास्थ्य परीक्षणमा सम्पूर्ण सामाजिक अभियान्तहरु साथै सम्पूर्ण सामुदायिक सदस्यहरूलाई पनि  उक्त शिविरमा निःशुल्क स्वास्थ्य सेवा लिनको निम्ति  आईदिनुहुन आह्वान समेत गरेका छन् ।