मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अमेरिकामा पनि सीमा अतिक्रमणको विरोध

अमेरिकामा पनि सीमा अतिक्रमणको विरोध


फोर्टवर्थ (टेक्सस) – नेपाली भूमिमाथि भारतीय सेनाले कब्जा गरेको विरोधमा अमेरिकामा रहेका नेपालीहरुले आइतबार विरोध जनाउँदै कार्यक्रम गरेका छन् ।
 
इन्द्रेणी सांस्कृतिक संघको आह्वानमा टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा बस्ने नेपालीहरुको भेलाले पुर्खाले आर्जन गरेको भूमि एक इञ्च पनि नछाड्न नेपाल सरकारसँग आग्रह गर्दै भारतीय दूतावासलाई विरोध पत्र बुझाउने निर्णय भएको छ । 
 
नेपाली समुदायका अग्रजहरुले ठूलो छिमेकी भएर पनि भारतले सधैँभरि नेपालमाथि थिचोमिचो, हस्तक्षेप, सीमा मिच्नेजस्ता कामहरु गर्दै आएकाले त्यसको सशक्त प्रतिकार गर्नसमेत आहवान गरेको छ ।
 
‘हामी पनि आवश्यक पर्दा मातृभूमिमा गएर देशका लागि बलिदान गर्न तयार छौँ, अहिलेको अवस्थामा हामीले यतैबाट भारतीय कुदृष्टि उपर विरोध कार्यक्रम गरेका हौँ,’ इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष सुशील क्षेत्रीले भने । 
 
भारतले पछिल्लो समयमा नेपालको महाकाली अञ्चलमा पर्ने कालापानीमा सेनाको क्याम्प राखेर सो क्षेत्रलाई समेत आफ्नो नक्सामा समावेश गरेको छ । त्यसको विरोधमा नेपालभित्रैबाट विरोध भए पनि प्रवासबाट विरोध भएको यो पहिलोपटक हो । 
 
‘छोटो समयमा कार्यक्रम तय भएकोले यसपटक धेरैको सहभागिता नभएको हुनसक्छ । मातृभूमिको रक्षार्थ आगामी दिनमा अझै बृहत रुपमा कार्यक्रम गर्नेछौँ,’ क्षेत्रीले भने । 
 
कार्यक्रममा विभिन्न संघसंस्थामा आबद्ध  व्यक्तिहरुका अलवा मातृभूमिलाई माया गर्नेहरुको सहभागिता थियो ।