विचार / ब्लग

जताततै हस्तिनापुर ..

290 पटक पढिएको

विनोद रोका

न्युर्योक / नोभेम्बर १०, २०१९ | 17th Nov 2019, Sunday | २०७६ मंसिर १, आईतवार १०:४२
बिद्युतिय माध्यमबाट सम्प्रेषण हुने सामाजिक संजालदेखि भुभागहरुमा जताततै आजकाल हस्तिनापुर, कौरव, पाण्डव, र यदाकदा कृष्ण भेटिन्छन। त्यसैले कुनबेला कहा पुगिन्छ र  मनले कस्तो मनोदसा बनाऊछ अनि बुुद्धिले के निर्णय लिन्छ भन्न सकिन्न। सनातम धर्ममा विश्वास गर्नेहरु भन्छन मान्छेले बिगतमा जानी नजानी आफनो मनमा आऊन दिइएका र बुद्धिमा संचित गरिएका संस्कारहरुको परिणाम भोगाऊनका लागि यस्ता ठाऊहरुमा व्यक्तिहरु अनायास पुग्ने गर्दछन। भौतिकबादी अर्थात प्रत्यक्ष सवुद र प्रमाणमा विश्वास गर्नेहरु पनि भन्छन जस्तो प्रोग्रामिंग गरिएको हुन्छ त्यस्तै परिणाम जिवनमा आऊछ। र यस्तो परिणाम आऊनका लागि पनि कुनै अब्जेक्ट वा ठाऊ नै चाहिन्छ। 
 
हम्रा दिनचर्यामा प्राय नराम्रा र राम्रा परिणामहरु आऊने ठाऊ, समय, र पात्रहरु आई रहन्छन। यस्ता परिणामहरु पाऊने अवस्थामा हामीहरु कुनै ठाऊमा पुग्दछौ र व्यक्तिहरुलाई भेटदछौ। र परिणाम घटनुमा हामी पुगेका ठाऊ, समय, र व्यक्तिको विशेष महत्व हुने गर्दछ। त्यसैले सनातनदेखि हामीले सुन्दै पनि आएका छौ ठाऊ, व्यक्ति, र अवसर हेरेर मात्रै बोल्नु पर्छ। जानु पर्छ। खानु पर्छ। अनि असल मान्छेहरुको सत्संघ गर्नु पर्दछ। आदि।
 
आजकाल मान्छेका धेरै जस्तो समय फेशवुक, युटयुव, मेसेन्जर, हवाटसअप, ईमेल, गुगल, आदिमा नै वित्ने गर्दछ। यी सामाजिक संजालमा नपसिकन मान्छेको चित्तै बुमmदैन। यी माध्यमहरुको कुलत यस्तो लाग्यो कि छाडछु भनेर कसम खानेले पनि छाडन सकिदैन। र पसिन्छ यी सामाजिक संजालहरुमा। अनि जब पसिन्छ। त्यही फसिन्छ। बेहोसिमै लाईक गरिन्छ। केमा लायक गरियो कतिमय अवस्थामा थाहा पनि हुदैन। किनकि एऊटाले पोष्ट गरेकोमा लाइक गरेर अर्कोमा नगर्ने हो भने त्यो व्यक्ति रिसाऊछ कि भन्ने डर मनमा लाग्छ। यद्यपि त्यो व्यक्ति फेसबुकमा आएर हेरिरहेको भने हुदैन। 
 
अनि पढन थालिन्छ नसा दिने पोष्टहरु। किनकि यस्तै पोष्टहरु भाईरल भएका हुन्छन र शेयर गरिन्छन। अनि आफुलाई विद्धान भन्नेहरुले पनि पढेर वा हेरेर यस्तो विषयलाई पोष्ट गर्न र शेयर गर्न हुदैन भनेर आफनो कमेण्ट लेख्छन। अरुलाई अर्ति दिन्छन। पढी सकेपछि पानी माथिको ओभानो बन्छन।
 
म पनि कहिले काहि असमन्जस्यमा पर्दछु। किनकि आफै पनि यी सामाजिक संजालमा पस्नु हुदैन। पस्यो कि फसिन्छ भन्ने मान्यता राख्दछु। तर बाहाना के निकाल्छु भने केही असल मान्छेहरुले कहिले काहि राम्रा कुराहरु पनि पोष्ट वा शेयस गर्छन र यस्ता पोष्टहरु भने छुटाऊन हुदैन। अनि मेरो पनि सामाजिक संजालमा पस्ने बानी छ। त्यसैले मलाई पनि भाईरल भएका हस्तिनापुरे पोष्टहरुले फसाऊछन र केहीबेर नसामा डुबाऊछन।
 
केहिदिन अगाडी डा.राजु अधिकारी, सन्तोषी, मेनुका, र म परिता र प्रभातजीकहा दिऊसोको खाना बोलाईएका थियौ ऊनीहरुको निवाशमा। परिता र प्रभातको आथित्य सत्कार आत्मिय र लोभलाग्दो हुन्छ। बिषेश गरेर न्युर्योकमा रहने केही नेपाली परिवारमा परिताले जमाएको दही र प्रभातले शर्भ गरेको सोमरश भएन भने पार्टी वा भोज खल्लो मान्छन साथीहरुले। आजको खानामा हामी पाहुनाहरु सात्वीक थियौ। परिताको मन प्रसन्न भएपनि प्रभातको मन खुल्न सकेन। केवल फुल्यो मात्रै। किनकि प्रभातको सोमरसले आज सिक्वेन्स मिलाऊन पाएन। 
 
सन्तोषी र राजुजीको डेढ बर्षकी छोरी आपालालाई प्रभातजीले कार्टुन खोलीदिन चाहे। तर बच्चालाई केबल आध्यामिक हिन्दी कार्टुन मात्रै देखाऊने गरेको कुरा थाहा पाएपछि अर्को च्यानल हेर्ने कुरा हुन थाल्यो। र डा.राजुजीले गायत्री परिवारका संस्थापक तपस्वी पं.श्रीरामशर्मा आर्चायद्धारा संस्थापित शान्तिकुन्ज हरिद्धारद्धारा संचालित देव संस्कृत विश्वविद्यालयका डा. चिन्मयले मन्त्रविज्ञानको बारेमा दिएको प्रवचन युटयुवमा खोल्न अनुरोध गरे। किनकि ऊनी पनि त्यही विश्वविद्यालयका विद्यार्थी हुन। त्यो प्रवचन १ घण्टाको थियो र मैले त्यहा करिब ४५ मिटन जति हेर्ने मौका पाए। र बाकी घरमा आएर फेरी दोहोरयाएर हेरे। मलाई त्यो प्रवचनले राम्ररी प्रभाव पारयो।। डा. चिन्मय लण्डनमा अध्ययन पुरा गरेका मेडिकल डाक्टर भएर पनि आध्यात्म र गायत्री मन्त्रको बैज्ञानिकताको बारेमा पुष्टि गर्ने प्रमाणहरु पस्किरहेका थिए। र यी प्रमाणस्वरुप पस्किएका उदाहरणहरु सनातन धर्ममा रकेका र सुनिएका कथाहरुमा आधारित थिए।मैले यो भिडियो फेसबुकमा शेयर पनि गरे। यो शेयर गरेको भिडियोमा दुईजना मलाई माया गर्नेले लायक गरेको देखे।
उदाहरणमा दिएका कथाहरु मध्ये श्रवण कुमारले आफना बृद्ध मातापितालाई काधमा बोकेर तीर्थयात्रा गराएको प्रसंगको थियो। तर यो कथामा यो भन्दा अगाडी नसुनेको हस्तिनापुर भन्ने ठाऊमा पुग्दा श्रवणकुमारको मनमा घटेको घटनाले मलाई छोयो। किनकि ठाऊ र समय अनुसार हामीमा घटने शुभ र अशुभ घटनाहरु घटदा रहेछन। जुन हामीलाई थाहा हुदो रहेनछ। तर यसरी अनायास ठाऊ र समयमा पुग्दा  संयोगले एक पटक घटेको घटनालाई मान्छेले जिन्दगीभरी नबिर्सने गरी मनमा राखिदो रहेछ। र कालान्तरमा यही मनमा बसेका केही संस्कारले जन्म र मृत्युको चक्रमा घुमाऊदा रहेछन।
 
वैदिक सनातन धर्ममा मातापिताको सेवा गरेर एऊटा सुपुत्रको ईतिहास बनाएका श्रवण कुमारको सोचाईमा पनि मातापिताका प्रति हस्तिनापुरमा पुग्दा नराम्रो बिचार आयो भन्दा आश्चर्य लाग्दछ। मैले बुमmेको कथा अनुसार श्रवणकुमार तिर्थयात्राको क्रममा हस्तिनापुरको बाटो हुदै मातापितालाई काधमा बोकेर अगाडी बढी रहेका थिए। हस्तिनापुरमा पुगेपछि ऊन्ले सोचेछन मैले यी मातापितालाई किन काधमा बोकेर तिर्थयात्रामा हिडेको हुला? यीनीहरु आफै पनि त हिडेर जान सक्छन नि? अनि ऊन्ले रिसाऊदै मातापितालाई भनेछन। अब तपाईहरु आफै हिडेर जानुहोस। म यसरी दुईदुई जनालाई काधमा बोकेर हिडन सक्दीन। मातापिता छक्क परेछन श्रवणको कुरा सुनेर। अनि सोचेछन हाम्रो छोरो त यस्तो बचन बोल्ने मान्छे होईन? आज यस्लाई के भएछ? केहीबेरपछि थाहा पाएछन त्यो ठाऊको नाम हस्तिनापुर रहेछ। जहा कौरव र पाण्डवहरुका बिचमा महाभारतको युद्ध भएको थियो। जहा भाईचारा, प्रेम, र सदभाव जस्ता भावहरु मरेर क्रोध र ईस्र्या जस्ता विसाक्त औराहरु वरिपरको बातावरणमा मिसिएका थिए। 
 
ऊमेरले मात्र होईन ज्ञानले पनि परिपक्क भएका मातापिताले थाहा पाए कि यस बेला श्रवणको मनमा ठाऊ विशेषको कारणले कुबिचार आयो। सायद ऊनीहरुले यो पनि बुमmेहोला आफना पनि केही संचित कर्महरु थिए जस्को कारणले छोराबाट यस्ता अप्रिय बचन यसरी सुन्नु परयो। अनि मातापिताले नम्र भएर भनेछन ठिक्कै छ छोरा हामी आफै जान्छौ तिर्थयात्रा। कृपया यो गाऊसम्म त कटाईदेऊ। श्रवणले पनि मातापिताको यो बचनलाई मानेर हस्तिनापुरबाट अगाडी बढेछन। तर हस्तिनापुर कटेपछि श्रवणले यो कुरा बिर्सिए। मातापिताले पनि ठाऊ बिशेषको कारणले मनमा ऊब्जीएको क्षणिक बिचारलाई कोटयाएनन। श्रवणले काधमा बोकेर मातापिताको तिर्थयात्रालाई पुरा गरे। र यो कथाले एऊटा नैतिक शिक्षा समाजमा छोडेर गयो।