मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतीय हस्तक्षेपविरुद्ध नेविसंघको विरोध जुलुस

भारतीय हस्तक्षेपविरुद्ध नेविसंघको विरोध जुलुस


काठमाडौँ । लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी संघले राजधानीमा निकालेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । 
 
प्रहरीको कुटाइबाट घाइते भएका विद्यार्थी नेता कृष्ण पुडासैनीको टाउकोमा सात टाँका लगाइएको संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए । 
 
पक्राउ पर्ने विद्यार्थी नेताहरुमा नवराज त्रिपाठी, मनिस सिंखडा, दीपक ओझा, सरोज थापा, सन्तोष पाण्डे, दीपेश ओली रहेका उनले बताए । 
 
पक्राउ परेकालाई तत्काल रिहा नगरे प्रहरी प्रशासन विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी काफ्लेले दिए । 
 
राष्ट्रियताका सवालमा नेविसंघले कसैसँग कहिल्यै सम्झौता नगर्ने भन्दै काफ्लेले भारतीय विस्तारवादविरुद्धको आन्दोलन जारी रहने बताए ।