मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

‘एनआरएनलाई दिने नागरिकता हिउँदे अधिवेशनसम्म टुंगो लगाइने’

‘एनआरएनलाई दिने नागरिकता हिउँदे अधिवेशनसम्म टुंगो लगाइने’


हिमालयखबर संबाददादा- 
ड्यालस (अमेरिका) ।  कानुन न्याय तथा संसदीय व्यबस्था मन्त्री भानुभक्त ढकालले गैर आवासीय नेपालीहरुलाई दिने नागरिकताको टुंगो दशैं अघिनै लगाएर उपहार दिने सरकारको तयारी पुरा हुन नसेको उल्लेख गर्दै चाँडै निक्र्यौलमा पु¥याउने प्रतिवद्धता जनाएका छन् ।
 
अमेरिका भ्रमणमा रहेका मन्त्री ढकालले शनिबार बिहान टेक्सस राज्यको ड्यालसमा आयोजित कार्यक्रममा नागरिकता विधयेक गत वर्षदेखिनै संसदमा छलफलकै क्रममा रहेको जानकारी समेत दिए । गैर आवासीय नेपाली संघ, अमेरिका टेक्सस च्याप्टरले आयोजना गरेको कार्यक्रममा मन्त्री ढकालले विधयेक पास भएर ऐनको रुप लिएपछि नियमावली लगायत अन्य कानुन बनाउँदा एनआरएनएहरुसँग बसेरै टुंगो लगाउने समेत आश्वासन दिए ।
 
‘नागरिकताको कुरा अलि पेचिलो भएकोले यसलाई संसदको आगामी हिउँदे अधिवेशनसम्म टुंगोमा पु¥याउने आशा राखेको छु,’ मन्त्री ढकालले भने । 
 
सानो छँदै बाबु–आमासँग विदेशमा आएका र विदेशमै जन्मिएका नेपालीमुलका व्यक्तिहरुलाई नेपालसँग जोडिराख्ने विषय अझै चुनौतिपूर्ण रहेको उल्लेख गर्दै मन्त्री ढकालले त्यसतर्फ पनि सोच्नुपर्ने विषय रहेको बताए । ‘तपाईहरुको पुस्तासम्म त कुनै समस्या नरहला, तर तेस्रो पुस्तालाई नेपालसँग जोडिराख्ने कुरामा निकै गंभीर भएर सोच्नुपर्ने अवस्था छ,’ उनले भने । तेस्रो पुस्तालाई नेपालसँग जोड्न नसकिएमा भविष्यमा नेपालले ठूलो अवसर गुमाउने संकेत समेत मन्त्री ढकालको थियो ।
 
लगानी कानुनका सन्दर्भमा उनले नेपालमा रहेको सम्पत्ति कसैले हरण गर्न नसक्ने समेत वचन दिए । ‘अहिलेको हिसाबले नेपालमा रहेको तपाईहरुको सम्पत्ति, यहाँ तपाइहरुले आर्जन गर्नुभएको सम्पत्ति, भोली कमाउने सम्पत्तिमा कुनै पनि किसिमको अधिकारमा तलमाथि हुँदैन । तपाईहरुको सम्पत्ति नेपाल सरकारको तर्फबाट उता सुरक्षित छ,’ उनले वचन दिए ।
 
एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्यालको सभापतित्वमा भएको कार्यक्रममा एनआरएन आइसिसीमा नवनिर्वाचित सचिव गौरीराज जोशीले नेपालमा आर्थिक रुपमा मात्र नभै एकेडेमिक रुमपा पनि लगानी गर्ने वातावरण सरकारले मिलाउने गरि कानुन बनाउन मन्त्रीसँग आग्रह गरे । 
 
त्यस्तै एनआरएन अमेरिकाका अध्यक्ष सुनिल साहले नेपालमा गएर मातृभूमिको आर्थिक विकासमा हातेमालो गर्ने वातावरण एनआरएनलाई दिनका लागि आग्रह गरे । ‘हामीहरु पहिचानको संकटमा छौँ, संबिधानले गैर आवासीय नागरिकताको कुरा गरेपनि मुर्त रुप लिन सकेको छैन,’ उनले भने ।
 
कार्यक्रममा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे, सुन्दर कर्माचार्य, जगदीश पौडेल, बाल जोशी लगायतले मन्त्री ढकालसँग नागरिकता, लगानीका विषयमा जिज्ञासा राखेका थिए । 
 
कार्यक्रमको सञ्चालन एनआरएनए टेक्सस च्याप्टरका सचिव सोफिन थापाले गरेका थिए ।