मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएमा मर्यादाक्रम, अर्को तमासा

एनआरएनएमा मर्यादाक्रम, अर्को तमासा


प्रिय हेमराजजी, महासचिव एनआरएनए, तपाईले सार्वजनिक गर्नुभएको एनआरएनएको वरियाताक्रम हेरियो । राणा शासनमा रोकक्रम तोकेजस्तो भान भयो । उक्त वरियाताक्रममा ३५ औं स्थानमा परेको मेरो सदश्यता पनि तपाईलाई नै भयो । यो वरियताक्रम पनि तपाईहरुनै राख्नुहोस ।
 
 गैर आवासिय नेपाली संघ (एनआरएनए)ले संगठनमा कसको मर्यादाक्रम के हुने तोकेपनि झोक्किएका एक एनआरएनए सदश्यले दिएको अभिव्यक्ति हो यो ।
 
एनआरएनए महासचिव हेमराज शर्मा द्धारा हालै जारी एनआरएनएको वरियताक्रममा अध्यक्षलाई १ नम्बरमा राखिएको छ भने अन्तिम ३५ औं नम्बरमा साधारण सदश्य परेका छन् । सन् २००३ मा अभियानका रुपमा गठन भएको एनआरएनएमा को कति ठूलो को कति सानो भनेर किन तोक्नुपर्यो भन्ने प्रश्न अहिले उठेको छ ।
 
एनआरएनए विदेशमा वस्ने नेपालीका मुद्दालाई सम्वन्धित निकायमा राख्न असक्षम भईरहेका वेला यस्तो मर्यादाक्रम सार्वजनिक भएको हो । अहिले सामाजिक संजालमा यसको व्यापक विरोध शुरु भएको छ । मर्यादाक्रमका वारेमा अमेरिकामा वस्ने यादव पण्डित समाजिक संजालमा अहिले प्रस्ताव गरिएको जसो भर्टिकल मर्यादाक्रम राज्य सत्ता सेना कम्युनिष्ट पार्टी वा समान्ती प्रथामा आधारित संस्थाका लागि मात्रै काम लाग्दछ भन्ने लेखेका छन् । यो पोष्टमा अर्का एनआरएन विनोद कुमार तिवारीले प्रतिकृया दिदंै भनेका छन् यो संस्था त अब समान्ती र धनिहरुको अवशेषका रुपमा रुपान्तरित हुदैको अवस्थामा छ  । जसको ज्वलन्त प्रमाण गत महिना सम्पन्न भएको आईसीसीको सम्मेलनले पुष्टि गरेको सकेको अवस्था हो ।
 
यो मर्यादाक्रमको वारेमा समाजिक संजालमा अन्यले पनि विरोध गरेका छन् ।
 
एनआरएनए विदेशमा वस्ने नेपालीको हकहितका लागि लबिंग गर्ने संस्था हो । तर, केही बर्ष यता लबिगं नाममात्रको छ । एनआरएनएका भेलाहरु निर्वाचन केन्द्रित मात्र बनेका छन् । विदेशमा वस्ने नेपालीले भोग्दै आएको समस्यो के हो, विदेशमा वस्ने नेपाली के चाहान्छन् यसलाई वुझेर सम्वन्धित निकायमा दरोसंग आफ्नो भनाई राख्ने प्रयासनै गायव भएको छ । यसले गर्दा एनआरएनए प्रति विदेशमा वस्नै कयौं नेपालीको वितृष्णा वढीरहेको छ ।
 
एनआरएनएको सदश्यता संख्याले पनि त्यही देखाउंछ । विदेशमा ४० लाखभन्दा वढी नेपाली रहेका छन् । तर, एनआरएनएको सदश्यता लिने एक लाख नेपाली पनि छैनन् । अमेरिकामा त सदश्यता संख्या दुई बर्ष अगाडीको तुलनामा घटेको छ ।
 
विदेशमा वस्ने नेपालीको मुख्य माग नेपाली नागरिकताको निरन्तरता हो । अमेरिका, युरोप, क्यानडा, अष्ट्रेलिया जस्ता देशमा केही नियम  पुरा गरेपछि त्यहांको नागरिकता पाइन्छ । खाडी मुलुक जापान रुसिया लगायतका देशमा नागरिकता पाउन कठिन छ । त्यसैले अमेरिका युरोप क्यानडा, अष्टेलिया जस्ता देशमा वस्ने नेपालीको चाहना एनआरएनएले नागरिकताको निरन्तरतालाई राम्रो र प्रभावकारी रुपमा उठाईदिओस भन्ने छ ।
 
खाडी मुलुकमा ठुलो संख्यामा नेपाली छन् । त्यहांको समस्या बृहत छन् । नेपालमा जुन सुशासनको समस्या छ। त्यो खाडी मुलुकमा रहेका नेपाली कुटनीतिक नियोगमा पनि छ । नेपालको कुटनीतिक नियोगलाई सकृय नबनाउंदा सम्म खाडी मुलुकमा नेपालीका समस्या समाधान हुदैंनन् । यसवाहेक विदेशमा काम गरेर रेमिट्यान्स पठाउनेलाई सम्मान गर्ने वातावरण नेपालमा पनि आवश्यक छ । तर, यो भएको छैन । कामदारलाई जम्मा १५० अमेरिकी डलरको सटही सुविधा, धरायसी प्रयोजनका लागि ५, ६ तोला सुन लैंजादा पनि उच्च भन्सार महसुल (केही दिन यता यो झन वढेको छ) एनआरएनएले यो मुद्दा उठाएको छैन । काठमाडौको एयरपोर्टको दूरअवस्था, प्रहरी, कर्मचारीको व्यवहारमा पनि प्रश्न छ । यस्ता मुद्दामा एनआरएनए मौन जस्तै रहेको छ ।
 
थुप्रै एनआरएनहरु नेपालमा लगानी गर्न चाहान्छन् । तर, यो पनि सजिलो छैन । लगानी लंैजादापनि थुप्रै झण्झटअरु छन् ।
 
यी तमाम मुद्दा भन्दा पनि एनआरएनएमा चुनाव, निर्वाचननै हावी हुदैं आएको छ ।
 
हालै काठमाडौमा सम्पन्न एनआरएनएको विश्व सम्मेलन त तमासा वनेको थियो । अब्यवस्थाको नमुना, चुनावमा राजनीतिक ध्रुविकरण, उम्मेदवारको भद्दा चुनाव प्रचारमै सम्मेलन सकियो । त्यो तमासामा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो उपस्थित हुन समेत चाहेनन् । उनी मर्यादाक्रममा दोस्रो स्थानमा  छन् ।
 
२००३ मा जुन वेला एनआरएनए अभियानका रुपमा स्थापना भएको थियो त्यसवेला मर्यादाक्रम भन्ने थिएन । विदेशमा वस्ने नेपालीका मुद्दाहरु थिए । यी मुद्दाहरु गम्भिर रुपमा उठाइन्थे ।