मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

नेपाली कांग्रेसले पठाएको पत्रले कसरी अधिबेसन सम्भव होला ?

नेपाली कांग्रेसले पठाएको पत्रले कसरी अधिबेसन सम्भव होला ?


नेपाली कांग्रेस पाटीले हालै सन्सारभरि समयवधि सकिएको जन सम्पर्क समितिलाई ६ महिनाभित्रमा अधिबेसन गर्नका लागी पत्र पठाएको छ । कार्तिक ५ गते पाटीले सन्सारभरिको जन सम्पर्क समितिलाइै पठाएको पत्रले यतिखेर सवैको ध्यान अधिबेसनमा केन्दि्रत हुनु पर्ने हो । पाटीले आफनो तर्फबाट समितिलाई जुन ढंगले पत्र पठाएको छ त्यो आफनो ठाउमा सही छ होला तर अब प्रश्न प्रवासमा खोलिएको जन सम्पर्क समितिहरु जस्तै अमेरिका, अष्ट्रिलिया, युके, क्यानाडा लगायत अन्य युरोपेली देशहरु जहा सम्बधीत देशको नागरिकता लिएर बसेको छ ती साथीहरुमा नेपाली कांग्रेसको यो पत्रले ठूलो अन्यौल , सन्सयर दुबिधा सृजना गरेको छ । त्यही कारणले अब यी देशहरूका जन सम्पर्क समितिहरू महाधिबेसनमा प्रवेश गर्ने की न गर्ने भन्ने प्रश्न चिन्ह खडा भएको छ । 
 
अमेरिकाकै हकमा विगत ५ बर्षदेखिन महाधिबेसन हुन नपाएको यो अवस्थामा पाटीले जतिसक्दो छिटो ६ महिनाभित्रमा महाधिबेसन गर्न भनी पत्र पठाएकोमा सवैलाई पक्कै खुसी लागेकेा हुनुपर्छ । तर नेपाली कांग्रेसको संसोधित विधानमा विदेशको जन सम्पर्क समितिको सदस्य हुनका  लागी नेपाली नागरिकता हुनु पर्छ भनी उल्लेख गरिसकेपछि सवैलाइ दुखित र अन्यौलगर्स्त पनि बनाएको छ । यो विधान अनुसार अब बिश्व भरिका कांग्रेसी हरू जो बाध्यताले त्यहॉको नागरिकता लिएका छन् उनिहरूलाइ सदस्यता लिन बाट बन्चित गराउने भएको छ । 
 
यस अनुसार अब जन सम्पर्क समितिको साधारण सदस्य र क्रियासिल सदस्य मात्र नभई केन्दि्रय प्रतिनिधि भएर जानेहरुको पनि धेरैको बाटो रोकिने देखियो । यस अनुसार अहिलेको जन सम्पर्क समितिमा नेपाली नागरिकता मात्र भएकाहरू सायद ३०% पनि छैन होला । यसले पाटीलाई लामो समयदेखिन योगदान दिइरहेका बहुसंख्याक व्यक्तिहरु समेत पाखा लाग्ने देखिन्छ । 
 
पाटीले अहिले पठाएको पत्र अनुसार विदेशमा जसरी पनि अधिबेसन गर्न सकिन्छ तर विदेशमा सम्बन्धीत मुुलुकको कानुन अनुसार दर्ता भएको जन सम्पर्क समितिहरुले यदि कानुनी ढंगले अधिबेसन गर्नु परेमा त्यो संम्भव हुदैन । पत्रमा नेपाल जाने प्रतिनिधिहरुको हकमा नेपाली नागरिकता भएकोलाई पठाउनु र सम्बन्धित देशमा सम्बन्धित् देशको क़ानून र नियम अनुसार अघिवेशन गर्ने भनेर उल्लेख गरेको भए ठिक हुन्थ्यो तर पाटीले स्थानीय मुलुकको कानुनको बारेमा चासो नदिएको देखियो । पाटीले विधान संसोधन गरे झै कुनै समयमा पाटीलाई पनि सहयोग हुने र प्रवासी नेपाली समुदायको हितमा खोलेको जन सम्पर्क समितिको रुपरेखा फेरिनु पर्छ । विदेशमा नेता आउदा लिन जाने, गुमाउने र आर्थिक संकलन मात्र गर्ने जन सम्पर्क समितिले अब अमेरिकी सरकारसग लविङ गर्ने, नेपाली समुदायमा सामाजिक सेवाग्रही कार्यहरुसंगै नेपाली कांग्रेस पाटीसग संयोजन गरि अमेरिका र नेपालको वीच पुलको काम गर्न सक्नु पर्छ । 
 
अमेरिकामा नेता आएको वितिकै कार्यक्रम मात्र गरेर भन्द पनि अब उत्पादनसील र दिर्घाकालिनि रुपमा नेपाल र नेपालीको साथै अमेरिकी सरकारसग मिलेर कार्य गर्ने क्षमता राख्न सक्नु पर्छ । कुनै बेला नेपाली कांग्रेसको सर्वमान्य नेता गणेशमान सिंह अमेरिका आउदा तत्कालिन राष्ट्रपति जर्जबुसले विशेष सम्मान गरेका थिए । त्यही किसिमको सम्मान अहिलेसम्म कुनै नेताले पाएका थिएन । पछिल्लो समय जति नेता आएपनि ससाना कार्यक्रममै सिमित हुनुपरेको छ । हुन त गणेशमान जतिको उचाई सवैले नलिएपनि पाटीको नेता भइसकेपछि त्यो सम्मान पाउनु पर्छ । अब अमेरिकी सरकारले त्यो किसिमको सम्मान गर्न लायकको बनाउने जिम्मेवारी नेपाली कांग्रेस र जन सम्पर्क समितिको नेतृत्वको काधमा आइपुगेको छ । त्यस किसिमको भिजन भएको नेतृत्व अबको जन सम्पर्क समितिमा आउनु पर्छ । जसले नेपाल र अमेरिकी सरकारको वीच मध्यस्था र पुलको काम गर्न सकोस । जसले बिपि, गणेशमान, कृष्णप्रसाद र गिरिजाको सपना पुरा गर्नमा मद्धत पुर्‍योस ।
 
हिजो पार्टीले बिघान ससोघनका लागि सुझाव मागेको बेलामा अमेरिका बाट मेरो सयोजकत्वमा कार्य समितीका २१ जना साथीहरूको समर्थनमा पार्टीमा बिघान संशोधनका लागि पठाइएको थियो । सबैको जानकारीको लागि बताउ हामीले दिएका बुदाहरू मघ्य ६ वटा बुदा पार्टीको बिघानमा समेटिएका थिए ।
 
पार्टीको बिघानमा भएको त्यों समस्या लाइ हामी हल गर्न बिश्व भरी स्थापना भएका नेपाली जनसम्पर्क समितीको गठन , निर्माण र सदस्यता लिने दिने प्रकिया, अन्य बिभिन्न प्राब्घानमा लेखिएको कुराले बिश्व भरीका नेपाली कांग्रेसका कार्यकर्ताहरू सदस्य बन्न बाट बन्चित हुने गंभीर समस्या लाइ लिएर नेपाली कांग्रेसका नेताहरूको घ्यान आकृष्ट गर्दै वर्तमान अवस्थामा बिघानमा गरिएको दफाहरू लाइ परिमार्जन सहित केन्दीय समितीको बैठक बाट पास गर्नका लागि अनुरोध सहितको निबेदन नेपाली कागेस केन्दीय कार्यालयमा २०७५।१०।६  निबेदन समेत दर्ता  गरियो जसको दर्ता नम्बर ९२ रहेको छ । 
 
यदी यही प्रकारले पार्टीले आफ्नो बिघान लाइ सच्याएन भने बिश्व भरि नाम मात्राका जनसम्पर्क समिती रहने छन् र नेपाली कांग्रेसका लाखौ समर्थक , कार्यकर्ताहरू काग्रेस हुन बाट बन्चित् हुने छन् । जसले गर्दा काग्रेसलाइ अझ ठूलो क्षती पुग्ने पक्का छ । अझै पनि समय घर्कीएको छैन काग्रेस नेत्रित्वले समयमै ध्यान देओस् । 
जय नेपाल