मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महानगरका मेयर उम्मेदवार भन्छन्– ‘मलाई अमेरिकाबाटै हराइयो’

महानगरका मेयर उम्मेदवार भन्छन्– ‘मलाई अमेरिकाबाटै हराइयो’


हिमालयखबर संवाददाता
ड्यालस (अमेरिका) । नेपाली कांग्रेसका नेता तथा गत स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकामा कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार राजुराज जोशीले अमेरिकामा र अष्ट्रेलियामा बस्ने नेपालीहरुकै कारण आपूmले चुनाव हार्नुपरेको गुनासो गरेका छन् । 
 
‘मलाई अमेरिका र अष्ट्रेलियामा रहेका नेपालीहरुलेनै चुनाव हराए । यताबाट फोन गरेर भोट नदिनुसमेत भनेछन्,’ उनले शुक्रबार ड्यालसमा आयोजित कार्यक्रममा पीडा पोखे । 
 
राप्रपासँग तालमेल गरेर चुनाव गरेको भए पनि त्यो दलको भोट आपूmलाई नआएको गुनासो उनको थियो । ‘एलायन्स त राप्रपासँग गरियो, तर त्यसको भोट कहाँ गयो कहाँ ? बरु तालमेल नगरेका भए जितिने थियो कि ?’ उनले भने । 
 
मुलुकको प्रजातान्त्रिक आन्दोलनमा कुनै योगदान नभएकाहरुले डेमोक्रेटको नाममा कांग्रेसको भोट काट्ने गरेको गुनासोसमेत उनको थियो । 
 
नेपाली जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ र वेस्ट टेक्सस च्याप्टरको संयुक्त आयोजनामा स्व गणेशमान सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको सिमाना कुनै पनि देशले मिच्दा त्यसविरुद्ध कांग्रेस पनि एक भएर प्रतिरक्षा गर्न पछि नपर्ने धारणा राखे । 
 
‘मिडियामा आइसकेपछिमात्र, सदनमा कुरा उठिसकेपछिमात्र यस्तो संवेदनशील विषयमा सरकार ब्युँझिएको छ । सरकारसँग जतिसुकै विमति भए पनि, विरोध रहे पनि राष्ट्रियताको मामिलामा हामी सरकारलाई साथ दिन्छौँ,’ उनले भने ।
 
नेता सिंहले सरकार बनेको दुई वर्षको अवधिमा सोचेअनुसार काम नभएको, शान्ति सुरक्षा, आर्थिक विकास नभएको र संघीयताको कार्यान्वयनसमेत संविधानले गरेको व्यवस्थाअनुसार हुन नसकेको उनले उल्लेख गरे । 
 
‘तपाईं अमेरिकामा बस्नुभएका नेपालीहरु विभिन्न क्षेत्रमा दक्षता, विज्ञता हासिल गर्नुभएको छ, आर्थिकरुपमा सक्षम पनि हुनुहुन्छ । तपाईंहरुले आर्जन गरेको सीपलाई मातृभूमिमा पनि लगानी गरिदिनुहोला,’ उनले आग्रह गरे । 
 
सोही अवसरमा जनसम्पर्क समितिका नेता हरिबोल भण्डारीले कम्युनिस्टले शासन व्यवस्थालाई बिगार्लान् र हामी सत्तामा जाउँला भनेर सोच्नेभन्दा पनि कांग्रेसले सही नीति र नेतृत्वका साथ अघि बढ्नुपर्नेमा जोड दिए । 
 
सो अवसरमा जनसम्पर्क समिति ड्यालस फोर्टवर्थका सभापति ज्ञानेन्द्र कार्कीले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । 
 
कार्यक्रममा सर्वोच्च नेता स्व. गणेशमान सिंहको जीवनीमा आधारित ‘वीर गणेशमान’ चलचित्र प्रदर्शन गरिएको थियो ।
 
झण्डै डेढ दशकअघि गणेशमान सिंह स्मृति प्रतिष्ठानले निर्माण गरेका उक्त चलचित्रका विविध पक्षका बारेमा निर्देशक नारायण पुरीले प्रकाश पारेका थिए ।