मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्युस्टनका नेवारी समुदायको नयाँबर्ष उत्सव-न्हुदया- भिन्तुना

ह्युस्टनका नेवारी समुदायको नयाँबर्ष उत्सव-न्हुदया- भिन्तुना


हिमालयखबर संबाददादा –
ह्युस्टन (टेक्सस) I गत सप्ताहन्तमा ह्युस्टनस्थित एक ‘ब्यांक्विट’मा प्रवेश गर्नासाथ देखिएको दृष्य निकै ‘नोस्टाल्जिक’ बनाउने खालको थियो। कालो क्रस खुकुरी र नेपाली झण्डा अंकित भादगाउँले टोपी, कालो सर्ट वा कोटमा सजिएका पुरुषहरु अनि रातो किनारा भएको कालो साडी र ब्लाउजको सुन्दर नेवारी पहिरनमा आएका महिलाहरु। माहौल त्यसै मन लोभ्याउने खालको थियो। नेपाल सम्वत ११४० को अवसरमा आयोजित नयाॅबर्ष उत्सवको(न्हुदया भिन्तुना) दृश्य थियो त्यो। 
 
करीब १५० जति ह्युस्टनबासी नेपालीहरुको जमघट रहेको भव्य समारोहमा प्रख्यात नेवारी स्न्याक्स ‘समेबजी’ले आगन्तुकहरुको स्वागत गरिएको थियो। नेवारी शैली मै सालको टपरीमा विभिन्न परिकारहरु पस्केर नेवारी सत्कार सहितको सामुहिक भोजको रौनक झनै विशेष थियो। 
 
भोजमा नेवारी समुदायका अगुवाहरु दिनकर अमात्य, मधुकर अमात्य, नयना अमात्य, आइरिन अमात्य, ज्ञानेश्वर श्रेष्ठ, समिर रावल, रविन श्रेष्ठ, सन्जिव श्रेष्ठ, निर्मल श्रेष्ठ, बिनोद श्रेष्ठ मात्र होइन ह्युस्टनको नेपाली समुदायका अगुवाहरु डा. विष्णु नेपाल, तारा बराल, द्रोण गौतम, जगदीश काफ्ले, चेज गुरुंग, मनीष मुनकर्मी, बच्चा तिवारी, रुपक रौनियार लगाएतको पनि उत्तिकै सक्रिय सहभागिता देखिन्थ्यो। 
 
‘लाखे नाच’ कार्क्रमको मुख्य आकर्षण थियो। राक्षसी मुखौटो र भेष-भूषामा गरिने लाखे नाचको रौनकताले काठ्माण्डौंको लाखे नाचको झझल्को दिएको थियो। केटाकेटीहरुका लागि अझ विशेष रमाइलो भएको थियो-लाखे नाच। यस अतिरिक्त नेवारी गीतहरुले पनि कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाएको थियो।
 
तस्बिर: शिव सेढाईं / सुजन पण्डित