मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कांग्रेस नेता सिंहको उपस्थितीमा शुक्रबार अन्तरकृया हुँदै

कांग्रेस नेता सिंहको उपस्थितीमा शुक्रबार अन्तरकृया हुँदै


ड्यालस (अमेरिका) – नेपाली जनसम्पर्क समितिले शुक्रबार साँझ ड्यालसमा पूर्ब उपप्रधानमन्त्री तथा पूर्ब महामन्त्री प्रकाशमान सिंहको उपस्थितीमा विशेष अन्तरकृया आयोजना गर्ने भएको छ । 
 
युलेसको फिस्टेल रेस्टुँरामा साँझ साढे ५ बजेदेखि कार्यक्रम सुरु हुने जनसम्पर्क समिति ड्यालस फोर्टवर्थका सभापति ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । हाल अमेरिका भ्रमणमा रहनुभएका सिंह जनआन्दोलन (२०४६) का सर्वोच्च नेता गणेशमान सिंहका पुत्र हुनुहुन्छ ।
 
अन्तरकृयाको क्रममा जनसम्पर्क समितिको आगामी अधिवेशन, संगठनका विषयमा समेत छलफल हुने बताइएको छ । सोही क्रममा स्व. गणेशमानको जीवनीमा आधारित चलचित्र बीर गणेशमानको पनि प्रदर्शनी गरिने छ । जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ र वेस्ट टेक्ससको संयुक्त आयोजनमा हुने यो कार्यक्रममा सहभागिताको लागि समितिले सबै नेपाली समुदायसँग अपिल गरेको छ ।