मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सीमा अतिक्रमणलाई रोक्न कूटनीतिक समाधान खोज्नुपर्छ : देउवा

सीमा अतिक्रमणलाई रोक्न कूटनीतिक समाधान खोज्नुपर्छ : देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतबाट भएको सीमा अतिक्रमणका विषयमा सरकारले कूटनीतिक तवरबाट समाधानको उपाय खोजिनुपर्नेमा जोड दिएका छन् । 
 
आज धनगढी विमानस्थलमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि फिर्ताका सवालमा जताततै नारा जुलुस, विरोध गरेरमात्र समस्याको समाधान नहुने बताए । 
 
सभापति देउवाले मंसिरमा हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई विजय गराउन पार्टीका कार्यकर्ता तथा नेताहरु सबैलाई एकजुट भएर लाग्न अनुरोध गरे ।
 
काग्रेसको भ्रातृसंस्था तथा शुभेच्छुक संघसंस्थाहरुको निर्वाचनका बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री देउवाले संघसंस्थाहरुको निर्वाचन उपनिर्वाचनपछि चाँडै हुन गइरहेको जानकारी दिए ।