मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका तीन वडामा वडाध्यक्षका लागि मनोनयन दर्ता

चितवनका तीन वडामा वडाध्यक्षका लागि मनोनयन दर्ता


चितवन । यही मंसिर १४ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि बुधबार चितवनका तीन वडामा अध्यक्ष पदका लागि मनोनयन दर्ता गरिएको छ । भरतपुर महानगरपालिका–१६ मा पाँच र खैरहनी नगरपालिका–४ र ५ मा चार/चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । 
 
जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तराज हमाल, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी, समाजवादी पार्टीका अम्बरबहादुर थापा र नेपाली कांग्रेसका अमृतराज हमालले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् । 
 
त्यसैगरी खैरहनी–४ मा नेपाली कांग्रेसका देवप्रसाद बस्नेत, राप्रपाका अनुज अधिकारी, नेकपाका बेदबहादुर अधिकारी र राप्रपा संयुक्तका सीताराम थापाले मनोनयन दर्ता गराएका छन् । 
 
यस्तै, खैरहनी–५ मा राष्ट्रिय नागरिक पार्टीका बलराम चौधरी, समाजवादी पार्टीका बिकन महतो थारू, नेपाली कांग्रेसका प्रतिमा कार्की र नेकपाका पुननारायण प्रधानले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् । 
 
भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत परिसर र खैरहनीको निर्वाचन अधिकृतको कार्यालय खैरहनीमा मनोनयन दर्ता गरिएको हो । मनोनयन दर्ता गर्न दलहरुले बाजागाजासहित कार्यालय पुगेका थिए । 
 
जिल्ला निर्वाचन अधिकारी ढकालका अनुसार जिल्लामा छ वटा मतदानस्थल र १५ वटा केन्द्र तय गरिएको छ । मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयम्सेवक नियुक्त गरिनेछ । 
 
ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् ।