मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रौतहटको प्रहरी चौकीमा बम विस्फोट

रौतहटको प्रहरी चौकीमा बम विस्फोट


रौतहट । रौतहटको एक प्रहरी चौकीमा बम विस्फोट भएको छ । 
 
जिल्लाको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । 
 
मठिया चौकी नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको छ । 
 
बिष्फोटमा एक प्रहरी जवान रञ्जित कुमार यादव घाइते भएको जिल्ला प्रहरी कार्यलय रौतहटका एसपी भुपेन्द्र खत्रीले बताए । यादव सेन्ट्री पोस्टमा बसेका  थिए ।
 
भारतीय सीमामा रहेको चौकीमा बम पड्केपछि गौरबाट थप प्रहरी परिचालन गरिएको एसपी खत्रीले जानकारी दिए ।
 
विस्फोटमा संलग्न रहेका भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ । 
 
उनले प्रयोग गरेको बीआर०५एच ६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।