मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अभिनेत्री पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला

अभिनेत्री पोखरेललाई पक्राउ गर्न बाटो खुल्ला


काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । 
 
न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि पक्राउ गर्न बाटो खुलेको हो । 
 
यसअघि, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार पक्राउ पुर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सो अन्तरिम आदेशका साथै रिट निवेदन आज खारेज भएको छ । 
 
फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमाकुमारी ओझाले बहुविवाह भएको उल्लेख गर्दै प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । 
 
सो पुर्जी जारी भएपछि बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो ।
 
जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पाटनमा अभिनेत्री पोखरेलले दायर गरेको रिट निवेदनमा जिल्लाको सदर गरेपछि सर्वोच्च अदालतमा वारेसमार्फत रिट निवेदन दर्ता गरेकी थिइन् । सो निवेदन आज खारेज भएको छ ।