मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतको नक्सामा नेपाली भूमि देखाइएकोमा विदेशमा बस्ने नेपाली आक्रोशित

भारतको नक्सामा नेपाली भूमि देखाइएकोमा विदेशमा बस्ने नेपाली आक्रोशित


अमेरिका । भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागमा पारेकोमा विदेशमा बस्ने नेपाली समुदायले विरोध गरेको छ ।
 
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले विज्ञप्तिमा यसप्रति एनआरएनएको गम्भीर ध्यानाकर्षण भएको भन्दै भारतको सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपाली क्षुब्ध भएको उल्लेख गरेका छन् ।
 
पन्तले विज्ञप्तिमा मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताजस्ता संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवम् विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनुपर्ने उल्लेख गरेका छन् । 
 
 ‘अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि नेपाल सरकारको साथमा उभिन हामी सम्पूर्ण विदेशमा रहेका नेपाली प्रतिबद्ध छौँ,’पन्तले विज्ञप्तिमा भनेका छन् ।
 
एनआरएनए अमेरिका क्षेत्र संयोजक राजन त्रिपाठीले पनि शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै भारतको यो कदमको विरोध जनाएका छन् । 
 
उनले नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र स्वतन्त्रता विषयमा छिमेकबाट भएको यो गलत हर्कत र कदम नेपालीका निम्ति किमार्थ स्वीकार्य छैन भनेका छन् ।
 
अमेरिका बस्ने नेपाली समुदायले समाजिक सञ्जालमार्फत पनि नेपालको सीमा मिच्ने कार्यको विरोध गरेका छन् । 
 
क्यालिफोर्नियामा वस्ने बासुदेव घिमिरेले भारतीय समान बहिष्कार गरौँ भन्दै समाजिक सञ्जालमा लेखेका छन् । उनले भोका छन्,  ‘यही मौका हो सुखसुविधा बिर्सेर नेपाल भारत व्यापार घाटा कम गरौँ ।’
 
यसअघि भारतले नेपालमाथि अघोषित आर्थिक नाकाबन्दी गर्दा अमेरिकामा नेपालीहरु यसको विरोधमा सडकमा उत्रिएका थिए । यदि आवश्यक पर्यो भने अहिले पनि सडकमा आउन तयार रहेको यहाँका नेपालीहरुले बताएका छन् ।