मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्रीको पुनः मृगौला प्रत्यारोपण हुनसक्ने, झापाका दातालाई सिंगापुर लगियो

प्रधानमन्त्रीको पुनः मृगौला प्रत्यारोपण हुनसक्ने, झापाका दातालाई सिंगापुर लगियो


काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थालाई लिएर सर्वत्र चासो र चिन्ता उत्पन्न भइरहेको छ । उनी उपचारका लागि पुनः सिंगापुर जाने भएका छन् । 
 
१२ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउँदै आएका छन् । मृगौला प्रत्यारोपणपछि नियमित औषधि सेवन गर्दै आएका ओलीको औषधिका कारण रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आएका कारण समय समयमा स्वास्थ्यमा समस्या देखिँदै आएको छ । 
 
उनको मृगौलाले राम्रोसँग काम गर्न नसकेपछि गत साउन १८ र भदौ ५ मा पनि ओली सिंगापुरमा उपचार गराएका थिए । त्यहाँ उनको प्लाज्माफेरेसिस गराइएको थियो । शरीरमा हुने एण्टिबडीका कारण प्रत्यारोपण गरिएका बिरामीको मिर्गौलालाई अस्वीकार गर्ने सम्भावना रहन्छ । ओलीमा त्यही समस्या देखिएको उनका निजी चिकित्सकहरुले बताउँदै आएका छन् । एण्टीबडी फाल्ने विधिलाई प्लाज्माफेरेसिस भनिन्छ । केही दिनअघि ज्वरो आएका कारण प्रधानमन्त्रीलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।
 
प्रधानमन्त्री ओलीले मृगौला नै फेर्ने चाहना राखेका छन् । स्रोतका अनुसार नियमित डायलाइसिस गर्दा बुढ्यौली लागेको शरीरले धान्न गाह्रो पर्ने भएकाले पुनः मृगौला प्रत्यारोपण गर्ने चाहना प्रधानमन्त्री ओलीले राखेका हुन् । 
 
चिकित्सकहरुका अनुसार ओलीको मृगौला पुनः प्रत्यारोपण गर्न सम्भावना रहेको छ । तर, प्रधानमन्त्री ओलीको शरीरले पुनः अर्को मृगौला स्वीकार गर्छ कि गर्दैन भन्नेबारे चिकित्सकले ग्यारेन्टी गर्न सकेका छैनन् । मृगौला प्रत्यारोपणको जोखिम मोल्नुभन्दा हालका लागि डायलाइसिस नै उत्तम विकल्प हुने सुझाव पनि चिकित्सकहरुले दिँदैआएका छन् । तर, ओली भने फेरि प्रत्यारोपण गर्ने मनःस्थितिमा छन् ।
 
यतिबेला नेकपाको शीर्ष नेतृत्व तहमा प्रधानमन्त्रीको पुनः प्रत्यारोपण गराउने कि डाइलाइसिस जारी राख्ने भन्ने विषयमा छलफल चलिरहेको छ । नेकपा स्रोतका अनुसार ओलीको लागि लागि मृगौला दान गर्न उनकै गृहजिल्लाका निकटका व्यक्ति तयार भएका छन् । उनलाई सिंगापुर लगिएको छ ।
 
सिंगापुर लैजानुअघि ती दाताको शरीरको सम्पूर्ण स्वास्थ्य परीक्षण गराइएको थियो । ती व्यक्तिको मृगौला प्रधानमन्त्रीका लागि मिल्ने सुनिश्चित भएपछिमात्रै उनलाई सिंगापुर लगिएकाले यसै साता प्रधानमन्त्री सिंगापुर जानसक्ने अनुमान गरिएको छ ।