मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रदेश प्रमुखका लागि नाम सिफारिस

प्रदेश प्रमुखका लागि नाम सिफारिस


काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सात प्रदेशमा रिक्त प्रदेश प्रमुखका लागि विभिन्न व्यक्तिको नाम सिफारिस गरेको छ ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवालय बैठकले सिफारिस गरेका नामहरुमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी प्यासी (कास्की), तिलक परियार (बाँके), शर्मिला त्रिपाठी (काठमाडौँ), धर्मनाथ यादव (सिरहा), विष्णु प्रसाईं (झापा) र गोविन्द कलौनी (डडेल्धुरा) छन् । 
 
बैठकपछि नेकपाका महासचिव विष्णु पौडेलले कसलाई कुन प्रदेशमा नियुक्त गर्ने भन्ने बारेमा मन्त्रिपरिषद्ले निर्णय गर्ने जानकारी दिए । उनले संविधानबमोजिम ती पद रिक्त भएकाले पार्टीले सिफारिस गरेको बताए । महासचिव पौडेलले सरकारले प्रदेश प्रमुखमा आफ्ना प्रतिनिधि पठाउन संविधानकै आधारमा नयाँ निर्णय गर्न लागेको बताए । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन् । 
 
सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त हुने व्यवस्था छ । विसं २०७४ को निर्वाचन सम्पन्न भइसकेपछि अघिल्लो सरकारद्वारा ती प्रदेश प्रमुखको नियुक्ति भएकामा नेकपाले त्यसबेला आपत्ति जनाएको थियो ।