मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुर्घटनाबारे दुई महिनाअघि नै भविष्यवाणी ! (भिडियोसहित)

दुर्घटनाबारे दुई महिनाअघि नै भविष्यवाणी ! (भिडियोसहित)


काठमाडौँ । एकातर्फ प्रधानमन्त्री केपी शर्मा ओली पुनः बिरामी परेका छन् भने अर्कोतर्फ विभिन्न खालका दुर्घटनाबाट समाजले जनधनको नोक्सानी व्यहोर्नु परिरहेको छ ।
 
प्रम ओलीको मिर्गौलाले राम्रोसँग काम गर्न छोडेकोले रगतमा क्रेटिनिनको मात्रा बढ्न गएको र डायलासिस् प्रोसेस चलिरहेको छ । आइतबार सिन्धुपाल्चोक सुनकोशीमा बस दुर्घटना भयो । जसमा १७ जनाले ज्यान गुमाए । उता म्याग्दीलगायतका ठाउँमा पनि सवारी दुर्घटना भए । ठूलो संख्यामा नागरिकको ज्यान गयो । नेपाल बाहिर पनि दुर्घटना भइरहेका छन् ।
 
ग्रह गोचर राम्रो नभएको र राजनीतिक क्षेत्रको व्यक्तिलाई कष्ट हुनुको साथै विभिन्न खालका घटना÷दुर्घटना घट्नसक्ने भविष्यवाणी यसअघि नै ज्योतिष दीपक सुवेदीले पटकपटक गर्दै आएका थिए । 
 
दुई महिनाअघि उनले गरेको भविष्यवाणीमा उनले भनेका धेरै कुराहरु नेपाली समाजमै घटिरहेका छन् भने कतिपय घटना नेपाल बाहिर पनि । उनले गर्ने भविष्यवाणी मिस नजाने जानकारहरु बताउँछन् । 
 
उनले राजनीतिक क्षेत्रको व्यक्तिलाई कष्ट छ भन्दै गर्दा नेपालका प्रधानमन्त्री पटकपटक बिरामी भइरहेका छन् । जसले ज्यो. सुवेदीको भविष्यवाणीतर्फ सर्वसाधारणको ध्यानाकर्षण गराइरहेको छ ।
 
गतवर्ष त्रिभुवन विमानस्थलमा ठूलो दुर्घटना हुने भनेर ज्योतिष आतंक मच्चिरहेको बेला सुवेदीले दुर्घटना एयरपोर्टमै भन्ने हुँदैन तर राजनीतिक क्षेत्रको व्यक्तिलाई खतरा छ भनेका थिए ।
 
नभन्दै नेपाल सरकारका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा काठमाडौं बाहिर मृत्यु भयो । अझै पनि राजनीतिक व्यक्तिलाई कष्ट हुने ग्रहगोचर रहेको ज्यो. दीपक सुवेदी भनाइ छ ।
 
उनको भनाई पूर्णरुपमा तलको भिडियोबाट हेर्नसक्नु हुनेछ । भिडियो पूरारुपमा हेरेपछि मात्रै उनले भन्न खोजेको कुरा पूर्णरुपमा प्रष्ट हुनेछ । सुवेदीले गर्ने गरेको भविष्यवाणी प्रायः सबै मिल्दै आएको मिडियालाई सूचना छ । यसपटकको भविष्यवाणी उनले बताएका धेरै कुरा घटिसकेका छन् । ग्रहगोचर अल्लि बढी नै नराम्रो रहेकाले आआफ्नो ठाउँबाट सावधानी अपनाउन र नराम्रो ग्रहको शान्तिको उपायहरु गर्न उनले सुझाएका पनि छन् ।
 
तथाकथित बाबा, नक्कली ज्योतिष र माताजीहरुको लहैलहैमा लागेर समय बर्बाद गर्नु र अनायसै नबुझी आतंकित हुनुभन्दा सुवेदीजस्ता आधिकारिक ज्योतिषीले ज्योतिषीय गणितको आधारमा गर्ने प्रिडिक्सनलाई मनन् गर्नु सबैको लागि कल्याण एवम् हितकर हुनेछ । 
 
ज्योतिषीय विश्लेषणबाट पनि अनुकूल नदेखिएको वर्तमान समयमा सम्बन्धित सबैले आवश्यक सावधानी अपनाउनु मनासिव रहेको ज्यो दीपक सुवेदीले हिमालयखबरलाई बताए । 

 

भिडियो हेर्न यहाँ थिच्नुहोस् – 

https://www.youtube.com/watch?v=IPO18YLV9IE&t=680s