मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लक्ष्मी जयन्तीमा साहित्यकार उपमा आचार्य सम्मानित

लक्ष्मी जयन्तीमा साहित्यकार उपमा आचार्य सम्मानित


कोलोराडो, अमेरिका – 

कोलोराडोमा ११० औं लक्ष्मी जयन्तिको अवसरमा कवि गोष्ठी, श्रष्ठा सम्मान तथा पुस्तक बिमोचन कार्यक्रम एकैसाथ सम्पन्न भएका छन् ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा आईतबार सम्पन्न कवि गोष्ठी, पुस्तक बिमोचन तथा श्रष्टा सम्मान कार्यक्रममा साहित्यकार उपमा आचार्यलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा स्थानीय संघ संस्थाका पदाधिकारी, कवि, कवयत्री, कलाकार, व्यवसायी,  गन्यमान्य तथा सर्वसाधरणको बाक्लो उपस्थिती रहेको थियो ।

महाकवी देवकोटाको फोटोमा मल्यार्पण गर्दै सुरु गरिएको कार्यक्रममा डा. विजयराज शर्माले महाकवी देवकोटाले नेपाली साहित्य क्षेत्रमा दिएका योगदानको चर्चा गर्नुभएको थियो । त्यस्तै साहित्यकार ज्ञानेन्द्र गदालले कवयत्री, साहित्यकार तथा उप–प्राध्यापक उपमा आचार्यले नेपाली भाषा र साहित्यको क्षेत्रमा पुग्नगएकाे योगदान बारे प्रकास पार्नुभएको थियो ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष तारा अधिकारी, उपाध्यक्ष मीना पौडेल, सााहित्यकार आचार्य प्रभा, तथा अन्तराष्ट्रिय साहित्य समाज बोर्ड अफ ट्रष्टी सदस्य प्रमिला शर्माद्धारा संयुक्तरुपमा कवयत्री साहित्यकार उपमा आचार्यलाई सम्मान गरियो । सोही अवसरमा राईटर ईन्टरनेशनलद्धारा प्रकाशित तथा आचार्यद्धारा लिखित छन्द कविता संग्रह “मातृ वन्दना” संयूक्त रुपमा बिमोचन भयो ।  

कार्यक्रमको दोश्रो चरणमा  उपस्थित झण्डै डेढ दर्जन कवि कवयत्रीहरुले आ–आफ्ना रचनाहरु गीत, कविता, गजल मार्फत महाकवी देवकोटा प्रति श्रद्धा सुमन अर्पण गरेका थिए । यसरी गीत, कविता, गजल प्रस्तुत गर्नेहरुमा उपमा आचार्य, पदम बिश्वकर्मा, डा.बिजयराज शर्मा, ज्ञानेन्द्र गदाल, कृष्णमुरारी ढुङ्गेल, तारा अधिकारी, प्रमिला शर्मा, निर्मल प्याकुरेल, संझना पाण्डे, मिना पौडेल, भुपेन्द्र महत, ज्ञानेन्द्र काफ्ले, संझना आचार्य, बासु खनाल, रविन रेग्मी, केशव आचार्य, मारिया अधिकारी, छवी रसाईली लगायतका हुनुहुन्थ्यो ।

आयोजक संस्थाका अध्यक्ष तारा अधिकारीको अध्यक्षतामा तथा सम्मानित ब्यक्तित्व साहित्यकार उपमा आचार्यको विशेष आथिथ्यतामा सम्पन्न कार्यक्रममा महासचिव संझना आचार्यले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने, किरण अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित उपमाले आफुलाई सम्मानगर्ने संस्थालगायत कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद दिदै आफ्नो साहित्य यात्राका अनुभवहरु प्रस्तुत गर्नुभएको थियो ।