मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मेडिकल काउन्सिलको अध्यक्षमा डा कोइराला नियुक्त

मेडिकल काउन्सिलको अध्यक्षमा डा कोइराला नियुक्त


काठमाडौँ । सरकारले वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान् कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ । 
 
मन्त्रिपरिषद्को आजको बैठकले प्राडा कोइरालालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्राडा कोइराला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका पूर्वकार्यकारी निर्देशक हुन् ।
 
उनी चिकित्सा शिक्षाका एक अभियानकर्मीसमेत मानिन्छन् । काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि सो पद रिक्त थियो । प्राडा बाँस्कोटा आजै त्रिविको उपकुलपतिमा नियुक्त भएका छन् । 
 
मन्त्रिपरिषद्का निर्णय हरेक बिहीबार सार्वजनिक गरिने भएकाले बैठकमा निर्णयबारे आधिकारिक जानकारी दिइएको छैन ।