मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपालीले पाएको टेम्पोररी प्रोटेक्टिड स्टाटस (टिपिएस) को म्याद थप

नेपालीले पाएको टेम्पोररी प्रोटेक्टिड स्टाटस (टिपिएस) को म्याद थप


अमेरिका – टेम्पोररी प्रोटेक्टिड स्टाटस (टिपिएस) को म्याद आगामी जनवरी ४, २०२१ सम्म थपिएको छ । डिर्पाटमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले शुक्रबार प्रकाशित सुचनामा नेपाल ,साल्भाडोर, हैटी, निकारागुवा, सुडान र  होण्डुरसको टिपिएस अवधि बढाएको छ I
 
टिपिएस अविधि बढेसंगै पहिलेकै रोजगार अनुमति पत्र मान्य हुने कुरा युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसेजले शुक्रबारको सुचनासंगै जनाएको छ । फेडरल रजिस्टारमा भने यस सम्वन्धि सुचना नोभेम्बर ४ मा प्रकासित गरिने उल्लेख गरिएको छ ।
 
टिपिएस समयावधी बढाईएका देशको मुद्दा अहिले संघिय अदालतका बिचारधीन छ । उत्तरी क्यालिफोनिर्याको जिल्ला अदालतको प्रारम्भिक निर्णयको आधारमा डिएचएसले टिपिएसको अवधि बढाउदै लगेको हो ।
 
यदि तपाई नेपालको टीपीएसवाहक हुनुहुन्छ र तपाईले जनवरी ४, २०२१ सम्म नै म्याद उल्लेख भएको वर्क परमिट लिन चाहनुहुन्छ भने तपाईले वर्क परमिटका लागि आई ७६५ फर्म भरेर आवेदन दिन सक्नुहुन्छ  तर उक्त फर्म भर्दा तपाईले फर्म सँग सम्बन्धित शुल्क भने तिनुपर्छ ।
 
डिर्पाटमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको वेबसाईटबाट साभार तस्बिर