मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रपति ट्रम्प बिरुद्दको महाअभियोग सुनुवाई प्रकृया औपचारिक रुपमा अगाडि बढ्ने

राष्ट्रपति ट्रम्प बिरुद्दको महाअभियोग सुनुवाई प्रकृया औपचारिक रुपमा अगाडि बढ्ने


अमेरिका – गत जुलाई २५ मा युक्रेनी समकक्षी भोलोदिमिर जिलेन्स्कीसंग टेलिफोन सम्वादका क्रममा आगामी २०२० मा हुने राष्ट्रपतीय चुनावका संभावित प्रतिद्वन्द्धी एवं अमेरिकी पूर्व राष्ट्रपति जोय बाइडन र उनका छोरा हन्टर बाइडन माथि यूक्रेनमा अनुसंन्धान अघि बढाउन दवाब दिएको आरोप लागेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका बिरुद्ध डेमोक्रेट बाहुल्य अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ ९कंग्रेस० मा जारी महाअभियोग प्रस्तावलाई थप सुनुवाई गर्ने बारे स्पिकर न्यान्सी पेलोसीको प्रस्ताव बहुमतले स्विकृत गरेको छ।
 
आज बिहान अमेरिकी कंग्रेसमा भएको मतदानमा २३२/१९६ भोटले प्रस्ताव पारित भएसंगै राष्ट्रपति ट्रम्पका बिरुद्द जारी महाअभियोगका सम्वन्धमा थप प्रक्रियाहरु निर्धारण गर्ने बाटो खुलेको छ।
 
प्रस्तावको पक्षमा कोही पनि रिपव्लिकन कंग्रेसम्यानले मतदान गरेनन् भने दुईजना डेमोक्रेट कंग्रेसम्यानले भने प्रस्तावको विपक्षमा मतदान गरेको सिएनएन समाचारमा जनाइएको छ।
 
सिएनएनका अनुसार हाउसले अब महाअभियोग सम्वन्धि सुनुवाईलाई खुल्ला ढंगले अगाडि बढाउन चाहेको स्पिकर पेलोसीले बताइन्।