मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको गञ्जभवानीपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशङ्करप्रसाद कलवारलाई रु ६० हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको छ । 
 
अभियुक्तले भारतबाट मालसामान ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीबाट घुसस्वरुप उक्त रकम लिइरहेको अवस्थामा आयोगको हेटौँडास्थित कार्यालयका पदाधिकारीले आज कलैया उपमहानगरपालिका–४बाट पक्राउ गरेको हो । 
 
यसैबीच, आयोगले जिल्ला अदालत सिरहाका हलुका सवारीचालक ब्रिजमोहन यादवविरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ । 
 
अभियुक्तलाई जिल्ला अदालतमा विचाराधीन लागू औषधसम्बन्धी मुद्दा मिलाइदिने बहानामा रु एक लाख १० हजार घुसबापतको रकम लिइरहेको अवस्थामा वर्दिवासबाट खटिएको आयोगको टोलीले पक्राउ गरेको थियो ।