मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता


काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । 
 
काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले आज महराविरुद्ध करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो ।
 
काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो । 
 
उक्त उपदफामा कसुर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।      
 
निवर्तमान सभामुख महरालाई पछिल्लो पटक यही कात्तिक ७ गते थप अुनसन्धानका लागि सात दिनको म्याद थप गरिएको थियो । जुन आज सकिएको थियो । अदालतमा बहस भएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने फैसला हुनेछ ।