राजनीति / समाज

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गरिने

57 पटक पढिएको

31st Oct 2019, Thursday | २०७६ कार्तिक १४, बिहीवार ०६:०९
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गरिने ग्राण्डी अस्पतालले बताएको छ । ओली बुधबार अस्पताल भर्ना भएका थिए ।
 
उनको दुई पटक डायलासिस गरिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नोफ्रोलोजी विभागका अध्यक्ष डा. दिव्यासिंह शाहले प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीको अवस्था सामान्य रहेको बताएका हुन् ।
 
बुधबार पनि उनी नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेको र छिट्टै फर्किने बताइएको थियो । तर आकस्किम रुपमा डायलाइसिस गरिएको छ ।
 
चिकित्सकहरुकाअनुसार किड्नीले काम गर्न छाडेपछि डायलाइसिस गर्ने गरिन्छ ।