मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भिक्षु तपस्शिधम्मबाट टेक्ससमा धर्म देशना

भिक्षु तपस्शिधम्मबाट टेक्ससमा धर्म देशना


ड्यालस (टेक्सस) – चारुमती बुद्ध बिहार, चाबहिल, नेपालबाट अउनुभएका भन्ते तपस्सिधम्म महास्थाविरको सम्मानमा गत शनिबार नेप्लीज बुद्धिस्ट एशोसिएसन् टेक्ससले विशेष कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा ड्यालस स्थित श्रीलंका बौद्ध बिहारका विजयपुर पुन्यानन्द थेरो पनि उपस्थित हुनुहुन्थ्यो ।

सो कार्यक्रममा भिक्षु तपस्सिधम्मले बौद्ध परम्परा अनुसार बुद्ध पुजा, परित्राण पाठ, धर्म देशना तथा पुन्यनुमोदाना समेत गर्नुभएको थियो । त्यस्तै भिक्षु पुन्यानन्द थेरोले सभा लाइ सम्बोधन गर्दै बुद्ध धर्ममा नेपालको महत्व माथि चर्चा गर्नुभएको थियो ।

उक्त अवसरमा भिक्षु द्वयले उपस्थित सबैलाई पावनसुत्र प्रदान गर्नुका साथै संघलाई भगवान बुद्धको पैन्तिंग उपहार स्वरुप प्रदान पनि गर्नु भयो । त्यस्तै संघका तर्फबाट सदस्यहरु दिव्या बज्राचार्य र डा. सुधा मानन्धरले भिक्षु द्वयलाइ फुलको गुच्छा तथा खाता अर्पण गरि स्वागत गरेको थियो ।

यस अघि संघका सदस्य मकर बज्राचार्यले भिक्षुहरुको स्वागत गर्दै अर्विंग स्थित नेपाली मन्दिरको परिचय दिनु भएको थियो । सो अवसरमा संघका अध्यक्ष स्वयम्भू शाक्यले कार्यक्रमको संचालन गर्नुभएको थियो ।