मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालासमा नेपाली डाक्टरहरुद्धारा क्लिनिक सुरू

ड्यालासमा नेपाली डाक्टरहरुद्धारा क्लिनिक सुरू


 

ड्यालास (टेक्सस) । भाषाको समस्याले अमेरिकामा स्वास्थसेवा लिन कतिपयलाइ निकै कठिनाइ पररहेको अवस्थामा अमेरिकामा नेपालीहरुको घनाबस्ती रहेको ड्यालस शहरमा नेपाली डाक्टरहरुले सम्पुर्ण स्वास्थ्य जाँच गर्ने सुबिधा भएको मेडिकल क्लिनीक शुरु गरेका छन् ।

अमेरिकामा कार्यरत नेपाली चिकित्सकहरूद्वारानै सम्पुर्ण स्वास्थ्य जांच गर्न मिल्ने सुविधा सहितको क्लिनिक ड्यालसको अर्भिङमा सुरू भएको हो । यस क्षेत्रमा नेपाली डाक्टरहरु धेरै भए पनि पुर्ण सेवा प्राप्त हुनेगरि संयुक्त रूपमा सञ्चालनमा ल्याइएको यो पहिलो पटक हो। अमेरिकाको बिभिन्न अस्पतालमा बिगत दुई दशक देखी सेवा गर्दै आएका नेपाली डाक्टरहरुको समुहले टेक्सास प्राईमेरी केयर स्पेसलिष्ट नाममा क्लिनिक सञ्चालन भएको हो ।

७४२९ लस कोलिनस बुलुभड अर्भिंगंमा क्लिनिक रहेको छ । नेपालको नेपालगन्ज मेडिकल कलेजबाट एमबिबिएसको पढाइ सम्पन्न गरेर अमेरिकाको शिकागोको प्रेसेन्स सेन्ट जोसेफ हस्पीटल हुँदै युनिभर्सिटी अफ नेभडामा असिटेन्स प्रोफेसरको समेत अनुभव संगालेका बिश्वास उपाध्याय प्राईमेरी केयर फिजिसियन रहनुभएको छ । क्लिनिकमा बच्चादेखि बृद्धसम्मका प्राय सबै रोगका बिशेषज्ञ डाक्टर यस क्लीनकमा रहने जनाइएको छ ।

डाक्टर उपाध्यायका अनुसार नेपालीहरुको ठुलो बस्ती रहेको ड्यालासमा नेपाली भाषामै बोलेर सबै खालका मेडिकल सेवा दिने क्लिनकको धेरैले आवश्यकता औल्याएकोले आफुहरु क्लिनिक सञ्चालन गर्न उत्साहित भएको बताउनुभएको छ । डाक्टर मन्दीप आर्चाय, डाक्टर बिश्वास उपाध्याय, डाक्टर अमित बजाज, डाक्टर प्रियंका अग्रवाल र एफएनपी दिपा बराल लागयातको टिमले परिक्षण गर्ने क्लिनीकमा नेपालीभाषीका लागि बिषेश सहुलियत प्याकेज रहेको उहाँहरूले जानकारी दिनुभएको छ ।

स्वास्थ क्लिनिकमा बीमा नहुनेहरूका लागि बार्षिक एकसय ५० डलर मेम्बरशीप शुल्कमा पुरै शरिर जाँच र प्रयोगशाला जाँचको सुविधा राखिएको छ ।

अन्य उपचारको जाँचका प्याकेजमा साथै एक पटक मात्र चेक गर्नेका लागि पनि अरुलाई भन्दा नेपालीभाषीलाई धेरै सहुलियत रहेको डाक्टर उपाध्यायले उल्लेख गर्नुभयो । आफुहरु सबैभन्दा पहिला नेपालीहरुलाई नै सहजरुपमा सेवा दिने उदेश्य लिएको उहाँहरूले बताउनुभएको छ ।