मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नौ अर्ब घाटामा गएको प्राधिकरणमा सात अर्ब नाफा : कुलमान घिसिङ

नौ अर्ब घाटामा गएको प्राधिकरणमा सात अर्ब नाफा : कुलमान घिसिङ


बनेपा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिकरुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाउन सफल भएको बताएका छन् । 
 
आज धुलिखेल उद्योग वाणिज्य संघ धुलिखेलले शुभदीपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा घिसिङले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको दाबी गरे । 
 
आगामी वर्ष दश अर्ब नाफामा पु¥याउने र यस वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युत् सेवा पुगेको जिल्ला घोषणा गर्ने तयारीमा रहेको उनको भनाइ छ ।
 
“हामीले विद्युत्भार कटौतीमात्रै अन्त्य गरेनौँ”, उनले भने, “अब विद्युत् अपुगभन्दा पनि पर्र्याप्त भएकाले सक्नेजति खपत गर्न आम उपभोक्तालाई आग्रह गर्न चाहन्छु ।” 
 
सरकार, ऊर्जा मन्त्रालय र सबैको प्रयासले लोडसेडिङ अन्त्य गर्न सकेको उल्लेख गर्दै उनले अब भएको विद्युत्लाई उपभोग गर्न आम उपभोक्तालाई आग्रह गरे । तीन वर्षमा १२ लाख ग्राहक बनाउन सफल भएको पनि उनले सुनाए । 
 
उनले अब विद्युत् नै नपुगेको ठाउँमा विद्युत् पु¥याउने अभियानमा लागेको विद्युत् प्राधिकरण अझै पनि ४० प्रतिशत विद्युत् सेवा पु¥याउन बाँकी रहेको काभ्रेपलाञ्चोक जिल्लालाई आगामी दुई वर्षमा सत्प्रतिशत विद्युत् सेवा पु¥याउने दाबी गरे । 
 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बस्ती विस्तार गर्नुभन्दा पहिला नै सरकारले सबै प्रकारको विकासको व्यवस्थापन नभएका कारणपछि गर्ने काममा निकै समस्या निम्तने गरेको बताए । 
 
कार्यक्रममा उद्योग वाणिज्य संघ प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठ र धुलिखेल उद्योग वाणिज्य संघका सल्लाहकार दिलसुन्दर श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।