मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति खनिया कोलोराडोमा नाच्दै

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति खनिया कोलोराडोमा नाच्दै


कोलोराडो, अमेरिका

भरखरै मात्र बिदा भएको बडादशैं तथा सन्निकट अर्को चाड तिहारका अवसरमा कोलोराडो निवासी नेपालीहरुले शनिबार साँझ एक संस्कृतीक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् ।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा त्रिभुवन बिश्व बिद्यालयका पूर्व उपकुलपती तिर्थ खनीयाको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लोकगायक भगवान भण्डारी र स्थानीय कलाकारहरुले विशेष प्रस्तुति दिएका थिए ।

आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापती बिनोद त्रिपाठीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए । त्यसैगरी कार्यक्रममा प्रमुख अतिथी डा. खनियांले दशै, तिहार र छटको शुभकामना दिदै नेपाल देखि यति टाढा आएर बसोबास गर्दा पनि नेपालको धर्म संस्कृतीलाई निरन्तरता दिई संरक्षण र पहिचाहनमा टेवा दिएकोमा सबैलाई धन्यवाद दिए ।

उनले मातृभुमीलाई नभुल्न र यथा सक्य सहयोग गर्न सबैलाई आग्रह गर्दै प्रवासमा रहेका सबै नेपालीलाई नेपाली राजदुतको संज्ञा दिए। प्रवासमा रहेका नेपालीबाट देशमा नयां प्रविधी ल्याइ बिकास गर्नुपर्ने धारणा राखे । त्यसैगरी कार्यक्रममा बिशेष अतिथी नारायण श्रेष्ठ, लोकगायक भगवान भण्डारी, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका ट्रष्टी पदम बिश्वकर्मा, संस्थाका पूर्व अध्यक्ष द्धय धर्मराज श्रेष्ठ र शरद आचार्यले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा सांस्कृतीक कार्यक्रम संचालन भएको थियो । स्थानीय कलाकारहरुले नेपाली संगीतमा कुशल नृत्य प्रस्तुत गरेका थिए ।

आयोजक संस्थाका महासचिव विनय दाहाल र किरण अधिकारी द्धयले कार्यक्रम संचालन गरेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अथिती र बिशेष अतिथी लगायतका अतिथीहरुलाई अध्यक्ष बिनोद त्रिपाठीले खादा पहिर्याएर स्वागत गरेका थिए ।

कार्यक्रमको अन्तमा  उपस्थित सबैलाई दशै, तिहार र छटको शुभकामना दिदै महासचिव विनय दाहाल र अध्यक्ष बिनोद त्रीपाठीले संकटको घडीमा स्थान उपलब्ध गराई कार्यक्रम सफलपार्न बिशेष सहयोग गर्ने याक एण्ड यतीका संचालक दिनेश भट्टराई लगायत कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।