मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बम विस्फोटको आरोपमा आलमलाई पाँच दिन म्याद थप

बम विस्फोटको आरोपमा आलमलाई पाँच दिन म्याद थप


रौतहट । राजपुरमा बम विष्फोटको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका नेता आफताव आलमलाई आज जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिन म्याद थप गर्ने आदेश दिएको छ । 
 
आलमलाई गत असोज २५ गते राजपुर गौरस्थित शेख इद्रिस गेटबाट प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि अनुसन्धानका लागि आलमको सात दिन म्याद थप गरिएको थियो । जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले उनलाई पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको हो । पक्राउ परेका आलममाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान जारी छ । 
 
थुनछेक बहसका लागि जिल्ला अदालत पुगेका आलमले आफूलाई षडयन्त्र गरी फसाएको आरोप लगाए ।
 
यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भन्दै गरेको निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले सदर गरेपछि मुद्दाको फाइल बन्द गरिएको थियो ।
 
महान्यायाधिवक्ताको कार्यालयको निर्णयलाई सर्वोच्चले बदर गरेको सात वर्षपछि प्रहरीले आलमलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।