मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससमा गरियो तारा पुजा

टेक्ससमा गरियो तारा पुजा


ड्यालस (अमेरिका) –नेप्लिज बुद्धिस्ट एसोसियसन टेक्सासको आयोजनामा गत आइतबार डालस स्थित नेपाली मन्दिरमा भब्य समारोहका साथ तारा पुजा सम्पन्न भएको छ ।

८० भन्दा बढी भक्तजनहरुले उक्त तारा पुजामा सहभागी भएका थिए । तारा पुजामा संलग्न भक्तजनहरूले आराधना गर्नुका साथै ब्रत पनि बसेर सरिका भएका थिए । नेपाल बाहिर यति ठुलो सामुहिक तारापुजा सम्पन्न भएको सम्भबत यो पहिलो भएको एसोसिएसनका अध्यक्ष तथा नेपाली समुदायका अगुवा समाजसेवी स्वयम्भुराज शाक्यले बताए ।

दुइ चरणमा भएको पुजा कार्यक्रमको पहिलो चरणमा तारा पुजा अन्तर्गत हरियो तारादेवीको पुजा आराधना बज्रयानी बिधि अनुसार भएको थियो । दोस्रो चरणमा "गुरुमन्द: धलदनिगु" बिधि अन्तर्गत समस्त सहभागी बर्तालुहरुले आफ्नो शरीरर आत्माको शुद्धि तथा भगवान बुद्धले दिनु भएको दशपारमिता  (नोबले१०-फोल्डपाथ) को शिक्षा अनुकरण गर्ने प्रतिबद्धता गर्ने चलन छ ।

उक्त पुजा डल्लास निबासी बौद्ध आचार्य उत्तम बज्राचार्यले गरेका थिए । बज्राचार्यलाइ संघका पुजा समितिका सदस्याहरु माधुरी बज्राचार्य, दिव्या बज्राचार्य र सुधामानन्धरले सहयोग गरेका थिए ।

संघका सदस्य तथा पुजाकार्यक्रमका संयोजकमा धुरी बज्राचार्यले तारापुजाको विशेषता बारे बोल्दै "आर्यतारा बोधि सत्वको नारीको रुप" भएको चर्चा गरेका थिए । बज्राचार्यले आफुलाई मात्र नभई समस्तप्राणीहरुको भौतिक तथा आध्यात्मिक सुख, सम्वृद्धि र सुस्वास्थको लागि तारा पुजा गर्ने चलन रहेको पनि जानकारी दिए ।

यस अघि उक्तकार्यक्रमको शुभारम्भ गर्दै संघका सचिब डा. निरज बज्राचार्यले यो कार्यक्रमको आयोजनाको लागि बिगत पाँच महिना देखि तयारी शुरु भएको जानकारी दिंदै पुजाको लागि चाहिने सामग्रीहरु जस्तै १०८ वोटा दियो, १०८ वोटा तिंचा, १०८ वोटा गुल्पा, आर्यताराको मुर्तिआदि सामानहरु संघका सदस्यहरुले चन्दा शोरुप उपलब्ध गराएको जानकारी दिए ।

संघका उप सभापति शैलेन्द्र मानन्धरले पुजाको विशेषता वर्णन गर्दै कार्यक्रम संचालन गरेका थिए । त्यस्तै संघका अध्यक्ष स्वयम्भु शाक्यले सहभागी तथा पुजामा सहयोग गर्ने सबै भोलिन्टरलाइ धन्यबाद दिएका थिए । 

 

तस्वीर साैजन्यः स्वयम्भु शाक्य