मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन प्रहरी परिसरभित्र रक्सीको बोतलको फोटो खिच्दा पत्रकार पक्राउ

चितवन प्रहरी परिसरभित्र रक्सीको बोतलको फोटो खिच्दा पत्रकार पक्राउ


चितवन । जिल्ला प्रहरी कार्यालय चितवन परिसरभित्र खाली रक्सीका बोतलको फोटो खिचेको भन्दै न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार केदार शर्मालाई चितवन प्रहरीले पौने घन्टा नियन्त्रणमा लिएको छ । 
 
सेवाग्राही जाने शौचालय नजिकै विभिन्न ब्रान्डका रक्सीका बोतल असरल्ल फालिएको देखेपछि तस्बिर खिच्ने क्रममा चितवनका पत्रकार केदार शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
 
करिब ४५ मिनेट प्रहरी कार्यालयभित्र राखेर रिहा गरेको पत्रकार शर्माले बताए ।  
 
प्रहरीले पत्रकार सूर्य बराललाई समेत नियन्त्रणमा लिएको थियो । प्रहरीले शर्माको पाखुरामा समाएर मोबाइल खोसेर खिचिएका तस्बिरसमेत जबरजस्ती डिलिट गर्नुका साथै दुव्र्यवहार गर्दै नियन्त्रणमा लिएको पत्रकार शर्माले बताए ।
 
यस विषयमा जानकारी लिँदा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले आफूलाई यसबारे केही जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।