एनआरएन विशेष

एनआरएनए चुनावको चहलपहल (तस्बिरमा हेर्नुहोस्)

208 पटक पढिएको

हिमालयखबर संवाददाता | 16th Oct 2019, Wednesday | २०७६ आस्विन २९, बुधवार २३:१५
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्वसम्मेलनमा धमाधम मतदान कार्यक्रम चलिरहेको छ । हिजो भोटिङ्ग मेसिनले काम नगर्दा मतदान रद्द भएपछि आज बिहान बिहान १० बजेबाट सुरु भएको हो ।
 
आज केही व्यवस्थित ढंगले चुनाव भइरहेको छ । अधिवेशनस्थल होटल हायात रिजेन्सी हातामा सुरक्षाकर्मीका बाक्लो उपस्थिति छ ।
 
सुरुवातदेखि नै विवाद हुँदै आएको एनआरएनए चुनावमा अन्नतः मतपत्रमार्फत् मतदान गर्नुपर्ने अवस्था आएकाले झनै ढिलाइ हुने भएको छ । मतदानका लागि २६ सय ५४ प्रतिनिधि सहभागी हुँदैछन् ।