मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

भोटिङ मेसिनले काम नगरेपछि एनआरएन चुनाव रद्द

भोटिङ मेसिनले काम नगरेपछि एनआरएन चुनाव रद्द


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि मतदान सुरु भएको एकघन्टा नबित्दै भोटिङ मेसिनले काम नगरेपछि चुनाव रद्द भएको छ । 
 
निर्वाचन समितिले साँझ ५ बजेदेखि १० बजेसम्म मतदान गर्न तालिका सार्वजनिक गरेकोमा सुरुवातदेखि नै विवाद बढेपछि निर्वाचन कार्यक्रम नै आठ बजेपछि सुरु भएको थियो । 
 
ढिलाइ भए पनि मतदान भइरहेको थियो । तर, एकघन्टा जति मतदान भइसकेपछि भोटिङ मेसिनमा खराबी आएपछि मतदाता निकै आक्रोशित बनेका थिए । 
 
यस वर्षको विश्वसम्मेलन उद्घाटनअघिदेखि नै अस्तव्यस्त रहेको थियो । निर्वाचन व्यवस्थित हुन नसक्दा विवाद उत्पन्न भयो । मतदातालाई आक्रोशित र निरास बन्ने वातावरण व्यवस्थापनबाटै भयो । 
 
ढिलोगरी निर्वाचन सुरु भए पनि रातिसम्म भए पनि आजै नतिजा आउनेमा मतदाता ढुक्क थिए । तर, एकघन्टा नबित्दै मतदान गर्ने मेसिन बिग्रिएपछि चुनाव नै बदर भएको छ । 
 
निर्वाचनमा सिस्टमले काम नगरेका कारण भोलि बिहान १० बजेदेखि निर्वाचन कार्यक्रम सुरु हुने निर्वाचन समितिले जनाएको छ । 
 
मत दिनका लागि कुनै एउटा परिचयपत्र चाहिने बताइएको छ । ड्राइभिङ लाइसेन्स, पासपोर्ट वा कुनै एउटा परिचयपत्र भए पुने निर्वाचन समितिको भनाइ छ । 
 
बिहीबार बिहान हुने निर्वाचनमा २६ सय ५४ मतदाताले मतदान गर्नेछन् ।