मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएको उम्मेदवारी दर्ता सुरू, नयाँ नेतृत्वका लागि तात्यो चुनावी माहोल

एनआरएनएको उम्मेदवारी दर्ता सुरू, नयाँ नेतृत्वका लागि तात्यो चुनावी माहोल


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को  नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । जसअन्तर्गत उम्मेदवारी दर्ता पनि खुला भएको छ । 
 
अध्यक्षमा वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दिएका छन् । यस्तै, अमेरिकाबाट उपाध्यक्षमा डा केशव पौडेल, सोनाम लामा र रवीना थापाले उम्मेदवारी दिएका छन् । यस्तै, सचिवमा अमेरिकाबाट गौरीराज जोशीले उम्मेदवारी दिएका छन् । गौरीराज जोशी र डा केशव पौडेलले एकआपसमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
अमेरिका क्षेत्र उपसंयोजकमा रामसी पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् । पोखरेलका पक्षमा जनलहर बढेको छ । शुभेच्छुकहरुले आफ्नो पक्षमा माहोल सिर्जना गरेपछि पोखरेल निकै उत्साहित भएका छन् । उनले एनआरएनएमा काम गर्नका लागि आफूले उम्मेदवारी दिएको र आफूले गरेको प्रतिबद्धताअनुसार काम गर्ने विश्वास व्यक्त गरेका छन् । 
 
यस्तै, अमेरिका क्षेत्रको क्षेत्रीय संयोजकमा नवीन शेरचन, राजन त्रिपाठी, डा विनोद साह, अमेरिकाबाट उपसंयोजकमा देव बस्नेत, उपसंयोजकमा क्यानडाबाट अभिमन्यु बस्नेतले उम्मेदवारी दिएको उम्मेदवारी मनोनयनस्थलबाट हिमालय खबरका प्रधानसम्पादक विजय घिमिरेले जानकारी दिए । 
 
एनआरएनएको नवौँ महाधिवेशनअन्तर्गत आज निर्वाचन हुँदैछ । र, आजै राति नतिजासमेत सार्वजनिक हुने बताइएको छ ।