मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएको नवौँ महाधिवेशनमा चितवनका दस उम्मेदवार

एनआरएनएको नवौँ महाधिवेशनमा चितवनका दस उम्मेदवार


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) नवौँ महाधिवेशनमा चितवन घर भई विभिन्न मुलुकमा रही व्यापार व्यवसाय गरिरहेका दस जना उम्मेदवारले विभिन्न पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।
 
उनीहरु यतिबेला चुनावी मैदानमा दौडधूप गरिरहेका छन् । 
 
बुधबार हुने चुनावमा अष्ट्रेलियाबाट रन्जु वाग्ले महिला उपाध्यक्षमा, बेल्जियमबाट महासचिवमा जानकी गुरूङ, कतारबाट सचिवमा अरके शर्मा, अमेरिकाबाट सचिवमा गौरीराज जोशी, युकेबाट सचिवमा विनय अधिकारी, माल्टाबाट कोषाध्यक्षमा सोम सापकोटा, कतारबाट मध्यपूर्व सयोजकमा प्रवीन गुरूङ, बेल्जियमबाट युरोप सयोजकमा गंगाधर गौतम, जापानबाट एसिया प्यासिपिक संयोजकमा अजीव गुरूङ, जापानबाट एसिया प्यासिपिक उपसयोजकमा टंकप्रसाद गैरे चुनावी मैदानमा उत्रिएका छन् ।
 
काठमाडौँको हायात रिजेन्सी होटलमा यतिबेला विश्वभरका एनआरएनहरुको कुम्भमेला सुरु भएको छ ।
 
विश्वभर फैलिएका गैरआवासीय नेपालीसँग रहेको स्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानी भित्र्याउन ठोस कार्ययोजनासहित आफूहरु चुनावी मैदानमा होमिएको प्रत्याशीहरुको भनाइ छ ।