मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनएको विश्वसम्मेलन सुरु, राष्ट्रपति भण्डारीले गरिन् उद्घाटन

एनआरएनएको विश्वसम्मेलन सुरु, राष्ट्रपति भण्डारीले गरिन् उद्घाटन


काठमाडौँ । गैरआवासीय नेपालीको नवौं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । 
 
सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले देश विकास र समृद्धि गरेको योगदानको सराहना गरिन् । विश्वभर छरिएका नेपालीले स्वस्फूर्त रूपमा गरेको सहयोग देशका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । 
 
पूर्वाधार विकास तथा लोक कल्याणमा गरेको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको बताइन् । संवैधानिक व्यवस्था कार्यान्वयन गर्न ऐन बनाउने कार्य अन्तिम चरणमा पुगेको छ र गैरआवासीय नपाली नागरिकता प्रदान गर्ने व्यवस्था संविधानमा रहेकाले सो व्यवस्था चाँडोभन्दा चाँडो कार्यान्वयन गरिने उनले बताइन् । 
 
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देश उच्च आर्थिक वृद्धिको दिशामा अघि बढेकाले देशलाई सघाउन गैरआवासीय नेपालीहरूलाई आग्रह गरे । नेपालको भौतिक उपस्थितिभन्दा गैरआवासीय संघको उपस्थित बढी देशमा रहेको उल्लेख्य गर्दै उनले राज्यको दायित्वमा साथ दिने गरेकोमा संघप्रति आभार व्यक्त पनि गरे ।
 
संघका पूर्वअध्यक्ष शेष घलेले संघले भिजन २०२० मार्फत गरेको वाचा पूरा गर्नु संघको कर्तव्य रहेको बताए । उनले राष्ट्रपतिसामु विदेशी नागरिकता धारी गैरआवासीय नेपाली आफू नेपालीको रूपमा विश्वमा चिनाउन चाहेको बताए । 
उनले भने, “हामी मातृभूमिप्रतिको दायित्व सम्झेर आफ्नो आयको ठूलो हिस्सा नेपालमा खर्च गर्ने गरेका छौं ।”
 
सो अवसरमा नेउवासंघकी अध्यक्ष भवानी राणाले १६ वर्षमा संघ निकै बलियो बनेकाले राज्य गैरआवासीय नेपालीप्रति गर्व महसुस गर्नुपर्ने बताइन् । उनले सरकारको समृद्ध नेपाल सुखी नेपाली अभियान भिजिट नेपाल २०२० सफल पार्न गैरआवासीय नेपाली दूत बन्नुपर्ने बताइन् ।
 
सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार ५ सयको सहभागिता छ ।